• वैशाख १३, २०८१
  • जुनकिरी खबर

दुर्गा प्रसाई इटहरी आउने

alt

दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान इटहरी बृहत् रूपले आयोजना हुने भएको छ । सो कार्यक्रममा स्वयम दुर्गा प्रसाईँ समेत उपस्थित हुने छन् । अभियानका इटहरी संयोजक शरद तामाङले जेठको अन्तिम साता इटहरीमा लाखौ जनाको उपस्थितिमा कार्यक्रम गर्ने जानकारी दिए । इटहरीमा अभियानको लागि २० वटै वडाहरूमा समिति निर्माणको काम अन्तिम चरणमा पुगेको समेत तामाङले जानकारी दिए । 
 
देशको पछिल्ला राजनीतिक तथा आर्थिक अवस्था विरुद्ध अभियान केन्द्रित हुने जनाइएको छ । बैङ्क वित्तीयले गरिब जनतालाई चर्को ब्याजमा पीडित बनाएको विषयमा समेत पीडितहरूसँग प्रसाईँले भेट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम तयारीको लागि विभिन्न उपसमिति समेत निर्माण गरिने इटहरी संयोजक तामाङले जानकारी दिए । इटहरीमा हुने कार्यक्रमको लागि काठमाडौँ, पोखरा, धरान, ताप्लेजुङ, धनकुटा, खोटाङ, उदयपुर लगायतका विभिन्न जिल्लाबाट उल्लेखित सहभागी हुने जनाइएको छ । कार्यक्रमको लागि बिहीबारबाट प्रचार प्रसारको काम सुरु गरिएको तामाङले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]