• भदौ ८, २०७६
  • जुनकिरी खबर

प्रदेश १ का सबै मन्त्रालयमा सचिव हेरफेर

alt

प्रदेश १ मा रहेका सातवटै मन्त्रालयका सचिवहरुलाई संघीय सरकारका मन्त्रालयमा सरुवा गरिएको छ । 

निमित्त सचिवको भरमा चलिरहेको प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा हरिप्रसाद मैनालीलाई जिम्मेवारी दिइएको छ । गोपाल पराजुलीले राजीनामा गरेपछि मन्त्रालयको सचिवको जिम्मेवारी मुख्यमन्त्री कार्यालयका कानुन सचिव भरतमणि रिजालले निर्वाह गर्दै आएका थिए ।

 

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवको जिम्मेवारी संघीय सरकारअन्तर्गत सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुखमा कार्यरत दामोदर रेग्मीलाई दिइएको छ । मन्त्रालयका सचिव जीवन सिटौलाको अर्थमै सरुवा भएको छ ।


अनियमितता विवादमा मुछिएका पूर्वाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेको साउन दोस्रो साता सरुवा भएपछि मन्त्रालय कामु सचिव राजेश घिमिरे बनेका थिए । मन्त्रालयको सचिवमा उर्जा मन्त्रालयमा कार्यरत सुशीलचन्द्र तिवारीलाई ल्याइएको छ ।


भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पशुपंक्षी तथा मत्स्य विकास महाशाखा प्रमुख डा.विमलकुमार निर्मललाई सचिवको रुपमा सरुवा गरिएको छ । मन्त्रालयका सचिव हस्तबहादुर विष्टको कृषि मन्त्रालययमै सरुवा भएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहाल संघीय मन्त्रालयमा तानिएका छन् । मन्त्रालयको सचिवमा महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका सिनियर सहसचिव वीरबहादुर राईलाई ल्याइएको छ ।


उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बद्री ढुंगानाको संघीय मन्त्रालयमा सरुवा भएको छ । उनको स्थानमा वनस्पति विभागका महानिर्देशक सन्जिवकुमार राईलाई पठाइएको छ । दुई जना सचिवको दरबन्दी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रिक्त सचिवमा मुकुन्द घिमिरेलाई तानिएको छ ।


प्रदेशमा सरुवा भएका सबै ५ वर्षभन्दा बढी समयदेखि सहसचिवको रुपमा कार्यरत सिनियर व्यक्तिहरु रहेको प्रमुख सचिव सुरेश अघिकारीले जानकारी दिए । कनिष्ट सहसचिवहरुलाई प्रदेश मन्त्रालयमा पठाउने र छिटोछिटो सरुवा गर्ने गर्दा प्रदेश सरकारको काम नै प्रभावित भइरहेको थियो । अब भने सिनियर सचिवहरु आएको र एक वर्ष हाराहारी उनीहरु प्रदेशमै बस्ने भएकोले काममा सहजता हुने उनको विश्वास छ ।


प्रधानमन्त्री केपी ओली उपचारका लागि सिंगापुर जानुअघि बसेको मन्त्रिपरिषद् बैठकमा वरिष्ठ सहसचिवहरुलाई प्रदेशका मन्त्रालयहरुमा सरुवा गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार संघीय सरकारले सातवटै प्रदेशमा ५६ जना सिनियर सहसचिव सरुवा गरेको हो । संघीय सरकारको महत्त्वपूर्ण निकायमा कार्यरत प्रशासन सेवामा २७, वन, कृषि, इन्जिनियरिङ र कानुनतर्फका ७–७ जना गरी ५६ जना सिनियर सहसचिवलाई प्रदेशका मन्त्रालयमा सचिवको रुपमा पठाइएको हो । ६ महिनाभित्र बढुवा हुने र ६ महिनाभित्रै अवकाश हुनेबाहेकका सिनियर सचिवलाई १ वर्षको लागि संघीय सरकारले प्रदेशमा पठाएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]