• बैशाख १८, २०८१
  • जुनकिरी खबर

इटहरी खानेपानी अध्यक्षमा एमालेका बस्नेत र सुब्बाको प्रतिस्पर्धा

alt

इटहरी खानेपानी उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनको लागि नेकपा एमाले भित्र प्रतिस्पर्धा चुलिएको छ । परिषद् सदस्यमा एमालेको बहुमत भएपछि अध्यक्ष सहित अन्य पदाधिकारी टुङ्गो लगाउन पार्टी नेताहरू छलफलमा जुटेका छन् ।

सोमबार इटहरी नगर पार्टी कार्यालयमा बसेको बैठकले अध्यक्षका दुई दाबेदार बिचमा चुनाव गराउने सहमति गरेको छ । नगर कमिटी अध्यक्ष समेत रहेका यामकुमार सुब्बा र प्रेम बहादुर बस्नेतले अध्यक्षमा दाबी गरेपछि आन्तरिक निर्वाचनको विधि अपनाइएको हो । 

सहमतिको प्रयास सफल नभएपछि एमालेबाट निर्वाचित वडा प्रतिनिधिले मतदान गरेर विजयीलाई अध्यक्ष र पराजितलाई उपाध्यक्षमा समेट्ने गरी सहमति जुटेको हो । मङ्गलवार इटहरी पार्टी कार्यालयमा हुने निर्वाचनमा एमालेबाट निर्वाचित १३२ वडा प्रतिनिधिले मतदान गर्ने भएका छन् ।

खानेपानी संस्थाका कुल १८३ मतदाता मध्ये २ जनाको मृत्यु भइसकेको छ । १८१ मतदाता मध्ये दुईतिहाई भन्दा बढी नेकपा एमाले समर्थित छन् । वडाबाट आएका १६३ प्रतिनिधि र वर्तमान कार्यसमिति र लेखा समिति सदस्यहरूले मतदान गर्न पाउने भएका छन् ।

वर्तमान कार्यसमितिमा पनि नेकपा एमालेकै नेताहरू भएकाले इटहरी खानेपानीको नेतृत्वमा एमालेको बलियो दाबेदारी रहेको छ । अन्य पार्टीका प्रतिनिधिको सङ्ख्या अत्यन्तै कम भएकाले एमालेकै निर्णय आधिकारिक हुने भएको हो । एमाले बिचको आन्तरिक सहमतिकै आधारमा निर्वाचनको मनोनयन हुने र सोही अनुसार नयाँ कार्यसमिति आउने प्रष्ट छ ।

अध्यक्ष सहित कार्यसमिति चयनको लागि वैशाख २२ गते निर्वाचन हुँदैछ ।

सम्बन्धित समाचारहरु
काेशी प्रदेश : कुन म ...

काेशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएकाे छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७ मन्त्री र २ राज् ...

निजी विद्यालयलाई इटह ...

इटहरी उपमहानगरपालिकाले माध्यमिक तहसम्मको शुल्क निर्धारण गरी कार्यान्वयन गर्न निजी बिद्यालयहरुलाई कुर ...

एक हप्ता भित्र सरकार ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन् । सोमबा ...

कोशीका मुख्यन्याधिवक ...

कोशी प्रदेशका मुख्य महान्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री केदार क ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]