• वैशाख १९, २०८१
  • जुनकिरी खबर

ओलम्पियन पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिटको तयारी पुरा

alt

इटहरीमा बिहीबार देखी हुने तेस्रो संस्करणको ओलम्पियन पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट-२०२४ को तयारी पुरा भएको छ । आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्ड र कार्यक्रम संयोजन गरेको संस्था नेपाल ओलम्पियन संघले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
 
पहिलो संस्करण काठमाडौँ र दोस्रो संस्करण गत वर्ष पोखरामा भएको ओलम्पियन पुनर्मिलन कार्यक्रम चार दिनसम्म चल्ने बताइएको छ । देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले कार्यक्रमको सुरुआत गरिएको नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले बताए ।
 
विष्टका अनुसार यो पटकको कार्यक्रमको सिंगापुर, मलेसिया, बेलायत र अष्टेलियाका ओलम्पियन संघका अध्यक्ष र कमिटीका पदाधिकारीहरू र नेपालका ६० ओलम्पियनहरुको कार्यक्रममा सहभागिता रहने छ । कार्यक्रमको पहिलो दिन दिन बिहान वाकाथुन हुनेछ । कोसी प्रदेशका मुख्यमन्त्री, खेलाडी र ओलम्पियन लगायतको सहभागिता रहने वाकाथुन इटहरी रङ्गशालाबाट सुरु भई इटहरी उपमहानगरपालिकाको प्राङगनसम्म पुग्नेछ ।
 
सोही दिन दिउसो नोबेल मेडिकल कलेज विराटनगरको सहयोगमा स्वास्थ्य शिविर हुनेछ भने साँझ सम्मान कार्यक्रम आयोजना गरिने जनाइएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]