• वैशाख २१, २०८१
  • जुनकिरी खबर

विश्व प्रेस स्वतन्त्रता दिवसको अवरमा आयोजित प्रभात फेरी

alt

कोशी प्रदेश सभाका सदस्य विजय राईले सञ्चारकर्मीहरूले व्यक्ति, पार्टी र समूहको हितका पछि लाग्ने प्रवृत्ति प्रेस स्वतन्त्रताको लागि खतरा भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ सुनसरीद्वारा आयोजित विश्व प्रेस स्वतन्त्रता दिवसको अवरमा आयोजित प्रभात फेरी समापनमा उनले पछिल्लो समय सञ्चार माध्यमको रूपमा आएको नयाँ मिडियाले यस्तो प्रवृत्ति बढाएको बताए ।

उनले भने, ‘मिडिया भनेको ऐना हो समाजमा भएका राम्रा नराम्रा कुराहरूको सम्प्रेषण हुनु पर्दछ ।’ समूह, व्यक्ति कसैले भनेकै भरमा, बोलेकै भरमा हुँदै नभएका कुरालाई भाइरल बनाउँदा आम जनता ठुलो भ्रममा पर्ने उनले बताए ।

यो स्थितिले मिडियाप्रति जनविश्वास घट्ने र त्यसले प्रेसको स्वतन्त्रता खतरामा पर्ने उनको भनाई थियो । धरानमा खानेपानीको महाहाहाकार भएको बेला पानीको खासै समस्या छैन भन्ने भनाई र खबर प्रचार प्रसार हुनु दुर्भाग्य पूर्ण भएको उनको भनाई थियो ।

धरान उपमहानगरपालिका उपमेयर आइन्द्रविक्रम वेघाले मिडिया सन्तुलित हुनुपर्ने कुरामा जोड दिए । स्थानिय सरकारको कमी कमजोरीलाई सुधारका लागि प्रोत्साहित गर्ने सकारात्मक सोचले स्वतन्त्र पत्रकारिता गर्न उनले सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

धरान उपमहानगरपालिका निवर्तमान मेयर तिलक राईले अहिले मिडिया व्यापार व्यवसाय जस्तै भएको र विश्वास पनि गुमाउँदै गएको बताए । अनलाइन मिडिया र अनलाइन सपिङको तुलना गर्दै उनले अनलाइनमा गरेको प्रचारको आधारमा गरेको अर्डर घरमा आइपुग्दा निल्नु न ओकल्नु हुने जस्तै समाचारहरू पनि हेर्दा र सुन्दा भ्रामक लाग्ने आउने गरेको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]