• बैशाख २१, २०८१
  • जुनकिरी खबर

विश्व प्रेस स्वतन्त्रता दिवसको अवरमा आयोजित प्रभात फेरी

alt

कोशी प्रदेश सभाका सदस्य विजय राईले सञ्चारकर्मीहरूले व्यक्ति, पार्टी र समूहको हितका पछि लाग्ने प्रवृत्ति प्रेस स्वतन्त्रताको लागि खतरा भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ सुनसरीद्वारा आयोजित विश्व प्रेस स्वतन्त्रता दिवसको अवरमा आयोजित प्रभात फेरी समापनमा उनले पछिल्लो समय सञ्चार माध्यमको रूपमा आएको नयाँ मिडियाले यस्तो प्रवृत्ति बढाएको बताए ।

उनले भने, ‘मिडिया भनेको ऐना हो समाजमा भएका राम्रा नराम्रा कुराहरूको सम्प्रेषण हुनु पर्दछ ।’ समूह, व्यक्ति कसैले भनेकै भरमा, बोलेकै भरमा हुँदै नभएका कुरालाई भाइरल बनाउँदा आम जनता ठुलो भ्रममा पर्ने उनले बताए ।

यो स्थितिले मिडियाप्रति जनविश्वास घट्ने र त्यसले प्रेसको स्वतन्त्रता खतरामा पर्ने उनको भनाई थियो । धरानमा खानेपानीको महाहाहाकार भएको बेला पानीको खासै समस्या छैन भन्ने भनाई र खबर प्रचार प्रसार हुनु दुर्भाग्य पूर्ण भएको उनको भनाई थियो ।

धरान उपमहानगरपालिका उपमेयर आइन्द्रविक्रम वेघाले मिडिया सन्तुलित हुनुपर्ने कुरामा जोड दिए । स्थानिय सरकारको कमी कमजोरीलाई सुधारका लागि प्रोत्साहित गर्ने सकारात्मक सोचले स्वतन्त्र पत्रकारिता गर्न उनले सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

धरान उपमहानगरपालिका निवर्तमान मेयर तिलक राईले अहिले मिडिया व्यापार व्यवसाय जस्तै भएको र विश्वास पनि गुमाउँदै गएको बताए । अनलाइन मिडिया र अनलाइन सपिङको तुलना गर्दै उनले अनलाइनमा गरेको प्रचारको आधारमा गरेको अर्डर घरमा आइपुग्दा निल्नु न ओकल्नु हुने जस्तै समाचारहरू पनि हेर्दा र सुन्दा भ्रामक लाग्ने आउने गरेको बताए ।

सम्बन्धित समाचारहरु
काेशी प्रदेश : कुन म ...

काेशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएकाे छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७ मन्त्री र २ राज् ...

निजी विद्यालयलाई इटह ...

इटहरी उपमहानगरपालिकाले माध्यमिक तहसम्मको शुल्क निर्धारण गरी कार्यान्वयन गर्न निजी बिद्यालयहरुलाई कुर ...

एक हप्ता भित्र सरकार ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन् । सोमबा ...

कोशीका मुख्यन्याधिवक ...

कोशी प्रदेशका मुख्य महान्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री केदार क ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]