• भदौ ८, २०७६
  • जुनकिरी खबर

जनशक्ति अभावमा डेंगु नियन्त्रण विफल

alt

मुलुकमा तीन महिनादेखि महामारीका रुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण प्रयास विफल प्रायः भएको छ । साउनयता ३६ जिल्लामा १ हजार १ सय ८६ डेंगुका बिरामी भेटिएका छन् भने वैशाखदेखि असारसम्म ४२ जिल्लाका ३ हजार ४ सय २५ जनामा डेंगु संक्रमण पाइएको छ । संक्रमण विस्तारको तुलनामा नियन्त्रण प्रयास प्रभावहीन छ । नियन्त्रणका लागि खट्नुपर्ने जिम्मेवार निकायमा जनशक्ति नै नभएकाले तत्कालै यो रोग नियन्त्रण हुनेमा समेत आशंका छ । 

धरानमा तीन महिना बितिसक्दा पनि डेंगुनियन्त्रण हुनुको सट्टा फैलने क्रम जारी छ ।उदयपुर, पाँचथर र मोरङलगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । धरानमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको अनुमान छ ।

 

प्रदेश १ क्षेत्राधिकार रहेको धनकुटास्थित स्वास्थ्य निर्देशनालयमा ५ स्वास्थ्य अधिकृत र ७ उपसचिव तहका जनशक्तिको दरबन्दी रहेकामा उपसचिव तहका एक जना मात्र कार्यरत छन् । निर्देशनालय प्रमुख अर्थात् निर्देशक चन्द्रदेव मेहताको भरमा कार्यालय चलिरहेको छ । उनी पनि तालिम, गोष्ठी र प्रशासकीय काममै व्यस्त रहन्छन् ।‘कर्मचारी समायोजनका क्रममा भएको त्रुटिले गर्दा निर्देशनालयले जनशक्ति पाउन सकेको छैन,’ महतोले भने, ‘जनशक्ति थप्न प्रदेश एवं संघीय सरकारलाई भनिए पनि सुनुवाइ भएको छैन ।’

 

एडिस एजिप्टाई र एडिस एल्बो पिक्टस जातको पोथी लामखुट्टेले सफा पानीमा पारेको अन्डा, लार्भा र प्युपा नष्ट गर्न ‘खोज र नष्ट गर’ (सर्च एन्ड डिस्ट्रोय) अभियान चलाइए पनि त्यो प्रभावकारी हुन सकेन । डेंगुको खोप वा औषधि नभएकाले नियन्त्रणका लागि लामखुट्टे मार्नु र त्यसका अन्डा, लार्भा र प्युपा नष्ट गर्नुको विकल्प नभएको विज्ञहरूको भनाइ छ । धरानमा वैशाख २९ मा पहिलो पटक डेंगु संक्रमण देखिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]