• वैशाख २७, २०८१
  • जुनकिरी खबर

एक बर्षमा तेश्रो पटक मुख्यमन्त्री

alt

कोसी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्की तेस्रो पटक नियुक्त भएका छन । उनी संविधानको धारा १६८(५) अन्तरगत उनी आज मुख्यमन्त्रीको रूपमा नियुक्त भएका हुन । ५२ जना प्रदेश सभा सदस्यले उनको पक्षमा स शरीर उपस्थित भएर हस्ताक्षर गरेपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्रीमा नियुक्त गरेको घोषणा गरे । यस अघि उनी संविधानको धारा १६८(२) अन्तर्गत २०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

एमाले माओवादी एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की २०७९ असार १५ गते विश्वासको मत लिन नसकेपछि पद मुक्त भएका थिए । जेठ १७ गते जसपा र २१ गते माओवादीले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि असार १५ गते उनी पदमुक्त भएका थिए । विश्वासको मतका लागि प्रदेशसभामा मतदान हुँदा कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो ।

विश्वासको मत लिन नसकेर पदमुक्त भएका कार्कीले ७० दिनपछि अदालतको परमादेशबाट मुख्यमन्त्री पदमा कम ब्याक गरेका हुन् सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बुधवार उद्धव थापालाई मुख्यमन्त्रीबाट पदमुक्त गर्दै कार्कीलाई ४८ घण्टाभित्रै मुख्यमन्त्री बनाउन बिहीबार परमादेश दिएको थियो ।संविधानको धारा १६८(३) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिन नसक्ने अवस्था आएपछि असोज २२ गते राजीनामा दिएका थिए

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]