• वैशाख २९, २०८१
  • जुनकिरी खबर

बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको समापन

alt

बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको समापन भएको छ  । वराहक्षेत्रस्थित सप्तकौशिकी नदीमा चार वटा महाकुम्भ शाही स्नानसँगै महाकुम्भ मेला भव्य रूपमा आयोजना भएको महाकुम्भ मेला मूल समारोह समितिले जनाएको छ ।
 
महाकुम्भ मेलाको समापन समारोहमा मूल समारोह समिति मातहतका २६ समिति, सहयोगी संघसस्था, शैक्षिक संस्था, इन्टरनेट सेवा प्रदायक, स्वास्थ्य सेवा प्रदायक चतरा अस्पताल, सुरक्षाकर्मीलगायत संस्थालाई समापन कार्यक्रममा जगद्गुरु बाल सन्तले सम्मान गरे । २ हजार सुरक्षाकर्मी, १ हजार ६ सय स्काउट स्वयंसेवक कुम्भ मेलामा परिचालन गरिएको आयोजक समितिको भनाइ छ ।
 
समापन समारोहमा कोसी प्रदेश सभा सदस्य इस्रायल मन्सुरी, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, बाग्मती प्रदेशकी सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायत जनप्रतिनिधि र कर्मचारी समापन समारोहमा सहभागी भए ।कुम्भमेलामा ४० लाख भक्तजनले कुम्भ मेला र वराहक्षेत्र धामको  दर्शन गरेको आयोजक समितिले अनुमान गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]