• जेठ ४, २०८१
  • जुनकिरी खबर

निजी विद्यालयलाई इटहरी उपमहानगरको अल्टिमेटम

alt

इटहरी उपमहानगरपालिकाले माध्यमिक तहसम्मको शुल्क निर्धारण गरी कार्यान्वयन गर्न निजी बिद्यालयहरुलाई कुर्ल गरेको छ । उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
 
उपमहानगरपालिकाले विद्यार्थीको भर्ना, मासिक पढाई, परीक्षा लगायतको शुल्क निर्धारण गरी कार्यान्वयन गर्न सात दिने समय सीमा तोकेको छ । शैक्षिक सत्र २०८१ का लागि नयाँ निर्धारण गरिएको मासिक शुल्क अनुसार पूर्व प्राथमिक तह (नर्सरी) को अधिकतम शुल्क तीन वटा श्रेणीमा विभाजन गरी तोकिएको छ । जसमा पहिलो श्रेणीका विद्यालयले दुई हजार ५००, दोस्रो श्रेणीकाले एक हजार ८५० र तेस्रो श्रेणीकाले एक हजार २५० मासिक तोकिएको छ ।
 
यस्तै, कक्षा १० को अधिकतम मासिक शुल्क पहिलो श्रेणीका विद्यालयले पाँच हजार, दोस्रो श्रेणीकाले तीन हजार ७५० र तेस्रो श्रेणीकाले एक हजार २५० रुपैयाँ तोकिएको छ ।
 
उपमहानगरपालिकाद्दारा निर्धारण गरिएको शुल्क अनुसार मासिक पढाई शुल्क एक वर्षमा १२ महिनाको स्वीकृत मासिक शुल्क शिक्षक-कर्मचारीको तलब भत्तालाई आधार मानेर तय गरिएको सार्वजनिक परिपत्रमा उल्लेख छ । यस्तै, वार्षिक शुल्क दुई महिनाको स्वीकृत मासिक शुल्क बराबरको रकम लिन पाउने उल्लेख गरिएको छ ।
 
भर्ना शुल्क भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको एक महिनाको शुल्क लिन पाउने गरी तोकिएको छ । यस्तै, परीक्षा शुल्क एक महिनाको पढाई शुल्कको ५० प्रतिशत मात्र वार्षिक वा किस्तामा लिन पाउने गरी तोकिएको छ । स्थानान्तरण शुल्क कक्षा ५ सम्म पाँच सय र माध्यमिक तहको एक हजार मात्र लिने पाउने तोकिएको छ । विशेष प्रशिक्षण, आवास, यातायात र भोजन शुल्क भने सुविधा उपयोग गर्ने विद्यार्थीहरूको अभिभावकहरूको दुई तिहाइ भेलाबाट पारित भए अनुसार गर्नुपर्ने गरी तोकिएको छ । यस्तै, शैक्षिक सामग्री शुल्क मासिक शुल्कको १० प्रतिशत मात्र लिन पाइने गरी तोकिएको छ ।
 
सम्पूर्ण शिक्षक र कर्मचारीहरूको नियुक्ति पत्र, अध्यापन अनुमति पत्र र शैक्षिक योग्यताको प्रतिलिपि विवरण पनि तत्काल बुझाउन निजी विद्यालयलाई उपमहानगरले कुर्ल गरेको छ ।
 
यसअघि पनि उपमहानगरपालिकाले निजी विद्यालयलाई कुर्ल गरे पनि अधिकांशले नबुझाएपछि १५ दिने समय सीमा तोकेर कुर्ल गरेको हो । सकुर्लरमा तहगत शिक्षकहरूलाई आर्थिक वर्ष २०८०-८१ मा भुक्तानी गरेको पारिश्रमिक विवरण पनि महानगरपालिकालाई बुझाउनु पर्नेछ । विद्यालयमा कार्यरत प्रधानाध्यापकको नियुक्त पत्र र शैक्षिक योग्यता तथा विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया सहितको विवरण पनि बुझाउनुपर्नेछ ।
 
उपमहानगरपालिकाको नगर शिक्षा समितिको फागुन १५ गतेको निर्णय अनुसार एकै प्रकारको पोसाक कार्यान्वयन गर्न पनि कुर्ल गरेको जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]