• जेठ ८, २०८१
  • जुनकिरी खबर

इटहरी अस्पताल : ८ करोड बढीको खरिद प्रक्रिया सुरु

alt

इटहरी उपमहानगरपालिकाले इटहरी अस्पताल सुधारलाई आफ्नो महत्त्वपूर्ण उपलब्धिको रूपमा राख्दै आएको छ । इटहरी अस्पतालको स्तरोन्नति र स्वास्थ्योपचार सुलभ भएको उपमहानगरको दाबी छ ।

भौतिक पूर्वाधार र उपचार सेवामा विस्तार गरेको उपमहानगरले उपकरणमा समेत जोड दिएको छ । सोही अनुसार सिटी स्क्यान मेसिन र युएसजी मेसिन अडानको लागि खरिद प्रक्रिया अगाडी बढाएको हो । २१ लाख धरौटी राखेर सिटी स्क्यान मेसिन र एक लाख ५० हजार धरौटी राख्नुपर्ने सर्तमा युएसजी मेसिन खरिद गर्न लागेको छ ।

सिटी स्क्यान मेसिनको बजार मूल्य ७ करोड माथि पर्ने काठमाडौँका एक सप्लायर्स सञ्चालकले बताए । ‘मेसिनको गुणस्तरको आधारमा मूल्य निर्धारण हुन्छ । तर सात करोड देखी माथिका मेसिन पाइन्छ । २१ करोड धरौटी राखेको आधारमा ८ करोड आसपासको मेसिन खरिद गर्न लागेको हुनुपर्छ,’ उनले भने, ‘युएसजी मेसिनको हकमा राम्रो मेसिनलाई २५ लाख एक करोड सम्म पर्छ । त्यसको पनि गुणस्तर लगायत स्पेशिफिकेसन हेरेर मात्र कुरा गर्न सकिन्छ ।’

जेठ ७ गते टेन्डर आह्वान गरेको उपमहानगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन उपकरण जडान गर्न लागेको बताएको छ । स्वास्थ्य शाखा प्रमुख दिनेश चौधरीका अनुसार मेसिन सञ्चालनको लागि आवश्यक जनशक्ति  समेत तयार भइसकेको हुँदा सेवाग्राहीलाई थप सुविधा दिन लागिएको हो ।

उता इटहरी अस्पतालमा एक वर्षदेखि डायलिसिस मेसिन थन्किएर बसेका छन् । रोटरी क्लब अफ इटहरीले ६७ लाख बराबरका ३ वटा मेसिन जडान गरिदिएको हो । लामो समयको प्रयास पछि जडान भएको मेसिन प्रयोग विहीन भएका छन् ।

सुरुवातमा प्राविधिक जनशक्तिको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहयोग लिने मौखिक सम्झौता भएपनि कार्यान्वयन भने भएन ।

शाखा प्रमुख चौधरी डायलिसिस मेसिन हचुवाको भरमा सञ्चालन नहुने बताउँछन् । डायलिसिसको लागि आइसियु र ब्लड बैङ्क पनि अनिवार्य हुनुपर्ने भएकाले हालको दरबन्दीमा रहेका जनशक्तिले यो सबै सञ्चालन गर्न नसकिने उनको भनाइ छ ।

अस्पताल सञ्चालन कार्यविधिमा २५ बेड भन्दा माथिका अस्पतालमा मात्र डायलिसिस मेसिन जडान हुने व्यवस्था भएको उनले बताए । कानुनी अड्चन र जनशक्ति अभावले मेसिन थन्किएको उनले प्रस्ट पारे ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]