• जेठ ८, २०८१
  • जुनकिरी खबर

इटहरी अस्पताल : ८ करोड बढीको खरिद प्रक्रिया सुरु

alt

इटहरी उपमहानगरपालिकाले इटहरी अस्पताल सुधारलाई आफ्नो महत्त्वपूर्ण उपलब्धिको रूपमा राख्दै आएको छ । इटहरी अस्पतालको स्तरोन्नति र स्वास्थ्योपचार सुलभ भएको उपमहानगरको दाबी छ ।

भौतिक पूर्वाधार र उपचार सेवामा विस्तार गरेको उपमहानगरले उपकरणमा समेत जोड दिएको छ । सोही अनुसार सिटी स्क्यान मेसिन र युएसजी मेसिन अडानको लागि खरिद प्रक्रिया अगाडी बढाएको हो । २१ लाख धरौटी राखेर सिटी स्क्यान मेसिन र एक लाख ५० हजार धरौटी राख्नुपर्ने सर्तमा युएसजी मेसिन खरिद गर्न लागेको छ ।

सिटी स्क्यान मेसिनको बजार मूल्य ७ करोड माथि पर्ने काठमाडौँका एक सप्लायर्स सञ्चालकले बताए । ‘मेसिनको गुणस्तरको आधारमा मूल्य निर्धारण हुन्छ । तर सात करोड देखी माथिका मेसिन पाइन्छ । २१ करोड धरौटी राखेको आधारमा ८ करोड आसपासको मेसिन खरिद गर्न लागेको हुनुपर्छ,’ उनले भने, ‘युएसजी मेसिनको हकमा राम्रो मेसिनलाई २५ लाख एक करोड सम्म पर्छ । त्यसको पनि गुणस्तर लगायत स्पेशिफिकेसन हेरेर मात्र कुरा गर्न सकिन्छ ।’

जेठ ७ गते टेन्डर आह्वान गरेको उपमहानगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन उपकरण जडान गर्न लागेको बताएको छ । स्वास्थ्य शाखा प्रमुख दिनेश चौधरीका अनुसार मेसिन सञ्चालनको लागि आवश्यक जनशक्ति  समेत तयार भइसकेको हुँदा सेवाग्राहीलाई थप सुविधा दिन लागिएको हो ।

उता इटहरी अस्पतालमा एक वर्षदेखि डायलिसिस मेसिन थन्किएर बसेका छन् । रोटरी क्लब अफ इटहरीले ६७ लाख बराबरका ३ वटा मेसिन जडान गरिदिएको हो । लामो समयको प्रयास पछि जडान भएको मेसिन प्रयोग विहीन भएका छन् ।

सुरुवातमा प्राविधिक जनशक्तिको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहयोग लिने मौखिक सम्झौता भएपनि कार्यान्वयन भने भएन ।

शाखा प्रमुख चौधरी डायलिसिस मेसिन हचुवाको भरमा सञ्चालन नहुने बताउँछन् । डायलिसिसको लागि आइसियु र ब्लड बैङ्क पनि अनिवार्य हुनुपर्ने भएकाले हालको दरबन्दीमा रहेका जनशक्तिले यो सबै सञ्चालन गर्न नसकिने उनको भनाइ छ ।

अस्पताल सञ्चालन कार्यविधिमा २५ बेड भन्दा माथिका अस्पतालमा मात्र डायलिसिस मेसिन जडान हुने व्यवस्था भएको उनले बताए । कानुनी अड्चन र जनशक्ति अभावले मेसिन थन्किएको उनले प्रस्ट पारे ।

सम्बन्धित समाचारहरु
सुनसरीको विभिन्न स्थ ...

सुनसरीको विभिन्न स्थानहरूबाट लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाँउपालिक ...

इटहरीमा बैगुने मेलाम ...

बैगुने मेलाको रुपमा चर्चित टेँग्राधाममा बैगुन चढाउन बिहानै देखी भक्तजनको ठुलो घुँईचो लागेको छ । प्रत ...

सुनसरीको देवानगन्जमा ...

सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली चलेको छ । गोली लागेर १ जना गम्भीर घाइते भएका छन् । देवानगन्ज ग ...

मेयरकप अन्तरपालिका क ...

साविक विजेता विराटनगर महानगरपालिकाले दोस्रो संस्करणको मेयरकप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]