• जेठ ११, २०८१
  • जुनकिरी खबर

कोशी प्रदेश : बजेट खर्च गत वर्षभन्दा १६ प्रतिशतले कमी

alt

वैशाख महिनासम्मको कोशी प्रदेश सरकारको कूल खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४ प्रतिशतले कमी भएको छ ।

वैशाख मसान्तसम्ममा कोशी प्रदेश सरकारको बजेट १५ अर्ब ८८ करोड ३ लाख रुपैयाँ भएको छ । कूल खर्चमध्ये चालू खर्च ६ अर्ब १३ करोड ५९ लाख, पूँजीगत खर्च ७ अर्ब ४७ करोड ८० लाख र स्थानीय तह अनुदान २ अर्ब २६ करोड ६४ लाख रहेको छ । यस अवधिमा चालू, पूँजीगत र स्थानीय तह अनुदान तर्फको खर्च वार्षिक विनियोजित बजेटको क्रमशः ४८.२ प्रतिशत, ३६.६ प्रतिशत र ६१.७ प्रतिशत खर्च भएको छ । गत आर्थिक वर्षको वैशख मसान्तसम्म चालू पूँजीगत र स्थानीय तह अनुदान तर्फको खर्च क्रमशः ५२.२ प्रतिशत, ४२.५ प्रतिशत र ६४.२ प्रतिशत भएको थियो ।

यसैबीच प्रदेशको आन्तरिक आय पनि गत वर्षको तुलनामा यो वर्ष कम हुने देखिएको छ । गत आर्थिक वर्ष २०७९÷८० को वैशाख मसान्तसम्ममा कोशी प्रदेश सरकारको राजस्व र अनुदान २४ अर्ब ६६ करोड ७७ लाख प्राप्ती भएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा भने यस्तो आयमा ७.१ प्रतिशतले कमी आई २२ अर्ब ९३ करोड ८ लाख (वार्षिक अनुमानको ७०.९ प्रतिशत) प्राप्त भएको छ ।

चालू आर्थिक वर्षमा आन्तरिक राजस्वको वार्षिक लक्ष्य ४ अर्ब ५७ करोड ७८ लाख रहेकोमा वैशाख मसान्तसम्ममा ३ अर्ब ३ करोड २५ लाख (६६.२ प्रतिशत) प्राप्त भएको छ । संघीय राजस्वक बाँडफाँडको वार्षिक लक्ष्य ११ अर्ब ६४ करोड ८१ लाख रहेकोमा २०८१ साल वैशाख मसान्तसम्ममा ७ अर्ब ८८ करोड ५१ लाख (वार्षिक लक्ष्यको ६७.७ प्रतिशत) र संघ अनुदानको अनुमान १६ अर्ब ११ करोड ७० लाख रहेकोमा २०८१ वैशाख मसान्तसम्ममा १२ अर्ब १ करोड ३२ लाख (वार्षिक लक्ष्यको ७४.५ प्रतिशत) प्राप्त भएको छ ।

प्रदेशको आन्तरिक राजस्व भने गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा केही बढेको छ । गत वर्ष वैशाख मसान्तसम्ममा २ अर्ब ९४ करोड २९ लाख राजस्व उठेको थयो भने चालू आर्थिक वर्षको सोही अवधिमा भने ३ अर्ब ३ करोड २५ लाख आन्तरिक राजस्व उठेको छ । यस्तै २०८१ वैशाखसम्म संघीय राजस्व बाँडफाँड र प्रदेशको आन्तरिक राजस्व समेत गरी प्रदेश सञ्चित कोषमा १० अर्ब ९१ करोड ७६ लाख (वार्षिक लक्ष्यको ६७.३ प्रतिशत) राजस्व संकलन भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार संघबाट प्राप्त हुने अनुदान लक्ष्य अनुसार प्राप्त नहुँदा प्रदेशको समग्र आयमा कमी भएको जनाएको छ । राजस्व संकलनको अनुपातमा संघबाट वित्तीय समानीकरण अनुदान प्राप्त हुने भएकोले प्रदेशको आयमा गत वर्षको तुलनामा न्यून भएको मन्त्रालयको दाबी छ ।

प्रदेशमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट कार्यान्वयन भइरहेको छ । जसअनुसार कोशी प्रदेशको चालूतर्फ १६ अर्ब ४२ करोड १७ लाख ९ हजार रुपैयाँ, पूँजीगततर्फ २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ गरी ३६ अर्ब ८१ करोड ६७ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको थियो । उक्त बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार तथा नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार व्यहोर्ने बजेटको अनुमान छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]