• जेठ १५, २०८१
  • जुनकिरी खबर

काङ्ग्रेसले कोशी प्रदेश सभा बहिस्कार

alt

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार काकीले अदालतलाई अनुचित प्रभाव पार्ने गरी नेपाली काङ्ग्रेसले कोशी प्रदेश सभा बहिस्कार गरेको आरोप लगाएका छन् । पत्रकारसँग प्रदेश सभामा बोल्दै मुख्यमन्त्री कार्कीले अदालतमा विचराधिन रहेको मुद्दाको बाहान बनाएर प्रदेश सभा बहिस्कार गर्न नहुने बताए । उनले भने काङ्ग्रेस जस्तो पार्टीले गलत ढङ्गले अनुचित प्रभाव पार्न पाइँदैन । काङ्ग्रेस जस्तो पार्टी विधि प्रक्रिया भन्दा बाहिर गएर काम गर्न हुँदैन । यसका लागि म सचेत गराउँछु । उनले काङ्ग्रेस प्रदेश सभामा नआए पनि विधि अनुसार प्रदेश सभा चल्ने बताए । उनले काङ्ग्रेस जस्तो पार्टीले अनैतिक गतिविधि नगर्नेमा विश्वास व्यक्त गरे । 

कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको प्रक्रियामा असहमति जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सो रिटका विषयमा अदालतमा सुनुवाइ चलिरहेको छ । अदालतमा सुनुवाइ चलिरहेको भन्दै नेपाली काङ्ग्रेसले प्रदेश सभा बहिस्कार गर्दै आएको छ । सभा बहिस्कार भए पनि कोशी प्रदेश सरकारले बजेटका नीति तथा सिद्धान्त संसदमा  पेस गरेको छ । 

संसदमा  नीति तथा सिद्धान्त पेस हुँदा  पनि काङ्ग्रेस सभामा आएर छलफलमा नआए पनि विधि अनुसार नीति तथा सिद्धान्त पास गर्ने मुख्यमन्त्री कार्कीले सङ्केत गरेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]