• जेठ १६, २०८१
  • जुनकिरी खबर

पत्रकार महासङ्घ सुनसरी शाखा कार्यालयमा तालाबन्दी

alt

नेपाल पत्रकार महासङ्घको सदस्यता विवाद अरू चुलिएको छ । विभिन्न जिल्लामा पत्रकार सम्बद्ध सङ्गठनहरूले तालाबन्दी गरेसँगै सुनसरीमा पनि प्रेस युनियनले आज बुधवार तालाबन्दी गरेको छ ।

प्रेस युनियनका सुनसरी जिल्ला सचिव बाबुराम कार्कीको नेतृत्वमा गएको युनियनको टोलीले धरान १३ अमरहाट स्थित कार्यालयमा तालाबन्दी गरेको हो । महासङ्घको चुनाव गर्न जारी सदस्यता नामावलीमा रातारात गैर पत्रकारको नाम थपिएको, कार्यरत पत्रकारको नाम हटाइएको आरोप युनियनले लगाएको छ । 

सचिव कार्कीका अनुसार शुद्धीकरणका लागि परेका उजुरी अध्ययन भई जेठ २८ गते टुङ्गो लगाइएको अन्तिम नामावलीमा रातारात हेरफेर गर्दै जिल्ला र प्रदेशबाट सिफारिस नै नभएका नाम थप्ने काम भएको छ । उनले भने, ‘त्यसको विरोधमा तालाबन्दी गरिएको हो ।’

पत्रकार महासङ्घको विधान अनुसार सुनसरी जिल्ला शाखाले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै प्रक्रिया विधान मिचेर जारी गरिएको सूची प्रेस युनियन सुनसरी शाखाले नमान्ने उनले बताए ।

उक्त सदस्यताको सूचि सुनसरी जिल्ला शाखाले सिफारिस गरी पठाए अनुसार सुधार नभए सम्म सङ्गठनको विरोध जारी रहने युनियन जिल्ला कोषाध्यक्ष मात्रिका प्रसाद नेपालको भनाई छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]