बराहक्षेत्र–८ स्थित सैनिक, कालापानी, सालबन्दी, मोरङ लाइन, धनकुटेलाइन, तेह्रथुम लाइनलगायतका बस्ती विकास हुनुपर्नेमा विनाशतर्फ अघि बढेको स्थानीयको चिन्ता छ ।
हेटौंडा- ढल्केबर- दुहबी ४०० केभी हाइटेन्सन विद्युत प्रसारण लाइनअन्तर्गत बराहक्षेत्र-८ सैनिकका पीडित आन्दोलनकारीमाथि प्रहरीले ज्यादती गरेको छ ।
उचित मुआब्जा वा विद्युत लाइनको स्थानान्तरणको माग गर्दै आन्दोलित स्थानीयविरुद्ध आयोजनाले प्रहरी परिचालन गरी बलजफ्ती काम सुरु गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयौंको सङ्ख्यामा हाइटेन्सन लाइनको पोल वरपर परिचालित प्रहरीले स्थानीयलाई दुर्व्यवहार गरेको स्थानीय भीम याक्खाले बताए । आयोजनास्थलमा सुरक्षाकर्मी खाजासामल लिएरै जनतालाई दमन गरी काम अघि बढाउन खटिएको स्थानी बताउँछन् ।
स्थानीयको विरोधका बावजुद आन्दोलनको कुनै सुनुवाई नगरी प्रहरीको बाक्लो सुरक्षा घेरामा हाइटेन्सन लाइनको काम सुरु भएको पीडित याक्खाले बताए ।
'प्रहरीले हामीलाई धक्कामुक्का गरेको छ, ठेलठालमा प्रहरीको बुटले खुट्टा किचिएको छ, चोटसमेत लागेको छ,' पीडित उषा बस्नेतले भनिन्, 'प्रहरीको ज्यादती भयो, हाम्रो माग सुनुवाई नगरी जबरजस्ती काम भएको छ ।'
आन्दोलनकारीले मेयर र वडाध्यक्षले समेत जनताको मागलाई बेवास्ता गरेको उनीहरुको भनाइ छ । पीडितका अनुसार पहिले ६ लेनको सडक बनाउने नाममा जनतालाई झुक्याएको त्यसपछि केबलकार सञ्चालन गर्ने योजना हो भन्दै झुट बोलेर पोल गाडिएको हो । जनतालाई भ्रम छरेर हाइटेन्सन लाइन विस्तार गर्न लागिएको पीडित टङ्क कार्कीले बताए । उनले आफ्नो १० कट्ठा जमिन हाइटेन्सन लाइनमा परेको बताए ।
बराहक्षेत्र–८ स्थित सैनिक, कालापानी, सालबन्दी, मोरङ लाइन, धनकुटेलाइन, तेह्रथुम लाइनलगायतका बस्ती विकास हुनुपर्नेमा विनाशतर्फ अघि बढेको स्थानीयको चिन्ता छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved