• जेठ २१, २०८१
  • जुनकिरी खबर

इटहरीमा दुर्घटना हुँदा गौतमको मृत्यु

alt

इटहरीमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । इटहरी १ आँपगाछीस्थित आइतबार राति ७ः२५ बजेतिर दुर्घटना भएको हो । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६३०६ नम्बरको कार र विपरीत दिशाबाट ‘रङ’ साइड प्रयोग गरी जाँदै गरेको को १ प ७४९ नम्बरको स्कुटर एकापसमा ठक्कर भएर दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक मोरङको कानेपोखरी १ बस्ने ४४ वर्षीय डेगराज गौतमको मृत्यु भएको इटहरी प्रहरीले पुष्टि गरेको छ । गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

कार चालक उदयपुरको त्रियुगा ३ बस्ने ४१ वर्षीय रमेश निरौलालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]