• जेठ ३०, २०८१
  • जुनकिरी खबर

सुनसरीमा सम्बन्ध विच्छेद तिनगुणाले वृद्धि

alt

सुनसरीमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको पाइएको छ । जिल्ला अदालत सुनसरीकोे तथ्यांक अनुसार आर्थीक वर्ष २०८० साउन १ देखि २०८१ जेठ सम्ममा १ हजार ४२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । 

जिल्ला अदालतमा दर्ता भएको सम्बन्ध विच्छेदको संख्या हेर्दा समाज र परिवारमा पति–पत्नीबीचको सम्बन्ध नाजुक अवस्थामा रहेको देखाउँछ । अदालतले ती १ हजार ४२ वटा मुद्दा मध्ये ७ सय ७९ वटा मुद्दाको फैसला गरेको छ भने, बाँकी २ सय ६३  वटा मुद्दा विचाराधीन अवस्थामा रहेका छन् ।

२०७३ को ८ महिनामा ३ सय २२ मुद्दा दर्ता गरिएका थिए । यसको तुलना गरेर र्हेदा ८ बर्षको अवधी अर्थात २०८१ सम्म आउदाँ तेब्बर रुपमा मुद्दा दर्ता भएका छन् । सुनसरी जिल्लामा सम्बन्ध बिच्छेद गर्नेको संख्या बढ्दो छ । 

सुनसरी जिल्ला अदालतका श्रेस्तेदार नारदप्रसाद भट्टराईका  अनुसार बढ्दो सहरीकरण, सँगै जनसंख्या वृिद्ध र नयाँ कानुन बनेर आएकाले देशै भरी सम्बन्ध विच्छेदका घट्ना बढ्दो क्रममा देखिएको र महिलाहरुले धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएको भट्टराईले बताउनुभयो  ।

सम्बन्ध विच्छेद बढ्नुका मुख्य कारण समाजशास्त्री प्रा. डा.गिता अधिकारी सञ्जूको भनाइ अनुसार सामाजिक आर्थीक रूपमा आत्मनिर्भर महिला आत्मसम्मान र स्वतन्त्रताको नाममा सामान्य विवाद र झगडामा पनि सम्बन्ध विच्छेद गर्ने अधिकारीले बताउनुभयो ।

सम्बन्ध वच्छिेदले बालबालिकाको भविष्यमा नकरात्मक असर पर्ने गरेको बताउदै, सम्बन्ध विच्छेद गर्न नहुने टिप्पणी गर्दै सम्बन्ध विच्छेद गर्नु भन्दा पनि आपसी सहमतीमा सम्बन्ध जोड्नु पर्ने समाजशास्त्री प्रा.डा. अधिकारीले जोड दिनुभयो । 

समाज परिवारमा अनुशासन नभएको साथै सचेतना बृद्धी नभएकाले सम्बन्ध विच्छेदका घट्ना बढेको उल्लेख गर्दै नेपालमा सम्बन्ध विच्छेद सम्बन्धी कानुनी व्यावस्था समेत फितलो भएकाले कानुन निर्माण दुई प्रकारको  हुनु पर्ने र सम्बन्ध विच्छेद गर्नु हुन्न भन्ने धारण व्यक्त गर्दै कानुन नै संसोधन हुनुपर्ने, समाजमा सचेतना बृद्धि गर्नु पर्ने अधिवक्ता सुरेन्द्र गौतमाले तर्क गर्नुभयो । 

विवाह गरिसकेका महिलालाई माइतीले पनि कमै सरोकार राख्ने र सामाजिक संरचनाले सम्बन्ध विच्छेद भएको पुरुषलाई सहज रूपमा स्वीकारे पनि महिलालाई सहज रूपमा स्वीकार्ने संस्कार नबसिसकेकाले सम्बन्ध विच्छेदले महिलालाई समाज र परिवारमा घर नघाटको अवस्थामा पुर्याउने गरेको छ ।

अहिले हरेक दृिष्टकोणबाट महिलाहरु आत्मनर्भिरता तर्फ केन्द्रित भएका छन् भने निर्णय गर्न सक्ने क्षमतामा वृद्धि भएको छ । आर्थीक, सामाजिक, पारिवारीक रूपमा आत्मनर्भिरतामा वृद्धि भएकाले श्रीमान–श्रीमतीबीच सानो खटपट उत्पन्न भएमा स्वतन्त्र रूपमा बस्न सक्छु भन्ने आत्मवश्विास बढेकाले पनि सम्बन्ध वच्छिेदका घटना सामान्य हुन थालेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]