• असार १, २०८१
  • जुनकिरी खबर

सगरमाथा सुनसरी यातायात प्रा.लिको अध्यक्षमा बिजय गुरूङ

alt

भेडेटार/ सगरमाथा सुनसरी यातायात प्रा.लिको अध्यक्षमा बिजय गुरूङ चयन हुनुभएको छ। धनकुटाको भेडेटारस्थित हिलटप होटलमा शनिबार भएको साधारण सभाबाट गुरुङ्ग अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो।

यस्तै प्रा.लि.को महासचिवमा दिलिप राई, सचिवमा प्रकाश दाहाल (खत्री), कोषाध्यक्षमा बिषण बस्नेत र सदस्यहरुमा दिपेन्द्र अधिकारी, घनश्याम खतिवडा, सन्तोष तामाङ, श्रमण कुमार यादव, नारायण राई र बुद्धमाया राई सर्वसम्मतले चयन हुनुभएको छ।

इटहरी २० तरहरामा कार्यालय रहेको सगरमाथा सुनसरी यातायात प्रा.लि.को शनिबार भएको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो। सुरक्षित व्यवस्थित मर्यादित अनुशासित र आरामदायी यात्रा हाम्रो प्रतिबद्धता भन्ने नारा अवलम्बन गर्ने सगरमाथा सुनसरी यातायात प्रा.लिको शनिबार भएको साधारण सभा पहिलो हो।

कार्यक्रममा नेपाली कांग्रेस कोसी प्रदेश सदस्य तथा तरुण दल सुनसरीका सभापति सिजन गुरूङ प्रमुख अतिथि हुनुहुन्थ्यो। गुरुङ्गले यातायात सेवामूलक व्यवसाय रहेको भन्दै यस्तै किसिमका सेवा गरेर अगाडि बढ्न आग्रह गर्नुभयो। संस्थालाई आगामी दिनमा सहयोग गर्ने प्रतिबद्दता जनाउँदै गुरुङ्गले संस्थाले यात्रुलाई सहज तरिकाले ठाउँ सम्म पु¥याउन आफ्नो कर्तव्य भएको बताउनुभयो।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कोशी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले यातायातमा हुने समस्या र ट्राफिकले गर्न सक्ने सहयोग गर्ने बताउनुभयो।

विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकिकृत सामाजवादी) सुनसरी जिल्ला उपाध्यक्ष एवं अल्टिट्युड क्लब सुनसरीका उपाध्यक्ष तथा सगरमाथा सुनसरी यातायात प्रा.लि.सुनसरीका प्रमुख सल्लाहकार सुन्दरमणि राईले ट्राफिक, व्यवसायी र यातायात संघ बीच सचेतनामुलक कार्यक्रम गर्ने बताउनुभयो। उहाँले संस्थालाई अझ सबल र सक्षम बनाउन सल्लाह सुझाव दिने बताउनुभयो।

प्रा.लिका महासचिव दिलिप राईले व्यवसायी, यातायात संघ र ट्राफिकको सम्बन्ध नङ र मासुको हुनुपर्ने बताउनुभयो। आगामी दिनमा संस्थाको हकहितका काम गर्ने उहाँको भनाइ छ।

प्रा.लिका अध्यक्ष विजय गुरूङले नेपाल सरकारको भाडा दर अनुसार भाडा निर्धारण गर्ने र आगामी दिनमा आय व्यय सार्वजनिक गर्ने बताउनुभयो। संस्थाको विधान तथा नियमअनुसार काम हुने उहाँको भनाइ छ। गुरुङ्गले आगामी दिनमा यातायात व्यवसायीहरूलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।

संस्थाको आय व्यय हिसाव के कसरी सञ्चालन गर्ने, सवारी साधनको हकमा के कसरी सञ्चालन गर्ने, क्यु सिस्टम के कसरी सञ्चालन गर्ने, भाडा कति र कसरी उठाउने, गाडी भाडा र काउन्टर कर्मचारीहरूले लिने पारिश्रमिक कति र कसरी दिने विषय छलफल गरिएको संस्थाका कोषाध्यक्ष विषण बस्नेतले जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कोशी प्रदेशका प्रहरी निरिक्षक टोपेन्द्र श्रेष्ठ, इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख प्रहरी नायब निरीक्षक जीवन कार्की, नेपाल यातायात मजदुर संगठन सुनसरीका उपाध्यक्ष दिपेन राई, नेपाल स्वतन्त्र मजदुर संगठन कोशी प्रदेशका उपाध्यक्ष काजी, युवा व्यवसायी जीवन राई, दिल कुमार राई, सरोज गुरागाई, अर्जुन बस्नेत, कोबिदजंग कार्की, सुबास दाहाल, व्यवसायी सन्तोष पुरी, प्रहरीहरु, संस्थाका प्रतिनिधिलगायतको सहभागीता थियोे।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]