• भदौ ९, २०७६
  • जुनकिरी खबर

बीपी प्रतिष्ठानमा छैन डेंगु परीक्षण किट

alt

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु भाइरस पहिचान गर्न आवश्यक किट उपलब्ध नगराउँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न पुगेका बिरामी निजी अस्पताल जान बाध्य छन् । डेंगु महामारी नियन्त्रणबाहिर पुगेको अवस्थामा महाशाखाले एक सातादेखि किट उपलब्ध गराउन छाडेको छ । 

सरकारले डेंगु संक्रमितको उपचार निःशुल्क गर्ने घोषणा गरे पनि किट नै नभएपछि उनीहरू निजी अस्पताल र क्लिनिकमा महँगो रकम तिरिरहेका छन् ।

चिकित्सकका अनुसार डेंगुको छुट्टै औषधि अहिलेसम्म बनेकै छैन । रोगको लक्षण र अवस्था हेरी अस्पतालमै राखेर उपचार गरिँदै आएको छ । डेंगु भए/नभएको प्रयोगशालामा रक्त परीक्षण गरेर पत्ता लगाउन सकिन्छ ।

‘पूर्वका अधिकांश बिरामी प्रतिष्ठानमै उपचारका लागि आउने गरेका छन् । डेंगुका दैनिक सरदर २५ देखि ३० जना नयाँ बिरामी थपिँदै छन् । डेंगु महाशाखाले एक सातादेखि किट नै पठाएन,’ प्रतिष्ठानका एक कर्मचारीले भने । बिरामीहरूलाई बाहिरको ल्याब, क्लिनिक र अस्पताल पठाउनुपरेको उनले बताए ।

महाशाखाले जेठदेखि प्रतिष्ठानमा ४ हजार थान किट पठाएको थियो । त्यसले नपुगेपछि प्रतिष्ठान आफैंले ४ सय थान किट किनेको थियो । सुनसरी जिल्ला अस्पतालमा पनि किट अभाव भएपछि इनरुवा नगरपालिकाले उपलब्ध गराएको सीमित किटको भरमा परीक्षण गर्नुपरेको त्यहाँका ल्याब कर्मचारीले बताए । निजी क्लिनिक र अस्पतालले डेंगु परीक्षण गर्दा ३ हजार रुपैयाँसम्म शुल्क लिने गरेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]