• असार ९, २०८१
  • जुनकिरी खबर

इटहरीको खेती खोलामा २५० बढी घर भत्किाइने

alt

इटहरीलाई डुबाउनबाट जोगाउन टेँग्राखोला सफाइ गरेको उपमहानगरपालिकाले खेती खोलाको सीमा छुट्टाउने नाप जाँचलाई तीव्रता दिएको छ । उपमहानगरद्धारा गठित अध्ययन कार्यदलले खेती खोलाको क्षेत्राधिकार भित्र पर्ने जग्गा र निजी जग्गा छुट्टाउन प्राविधिक जाँचलाई तीव्रता दिएको हो । 
 
इन्जिनियर, अमिन, सर्भेयर र प्रशासनका कर्मचारी सहितको नाप जाँच टोली एक महिना देखी इटहरी ४ मा रहेको नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरको दक्षिणी क्षेत्र र उत्तरी क्षेत्रमा खटिएका छन् ।  टेँग्राखोला सफाइको काम अपेक्षाकृत रूपमा सफल भएको दाबी गरेको उपमहानगरपालिकाले सोही शैलीमा खेती खोला भित्र पर्ने अतिक्रमित संरचना भत्काउने र खोला सफाइ गर्ने बताएको छ । 
 
इटहरीमा कङ्क्रिटका भवनहरूले छोप्दै जाँदा खेती खोला हराउँदै गएको छ । सिमाना हराउँदै गएको खेती खोलाको सीमा खोजी गर्न प्राविधिक टोली अहिले घामपानी नभनी काममा खटिएको छ । 
 
अध्ययन समितिको असार ७ गते शुक्रवार सम्मको अध्ययन अनुसार खेती खोलामा दुई सय ४८ घर भत्किनेछन् । ती घरहरू खोलाको जग्गामा बनेका छन् ।  
नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर देखी दक्षिण सिचाइको नहर सम्म र उत्तर तर्फ हलगडा सम्म नाप जाँच गर्दाको तथ्याङ्क हो यो । यो तथ्याङ्क अझ बढ्ने अध्ययन समितिले जनाएको छ । 
 
पृतना हेडक्वाटर देखी दक्षिण सिचाइको नहर सम्म २ सय २० घर भत्किने अवस्थाका छन् । उत्तर तर्फ हलगडा सम्म भने २० घर भत्किने देखिएको छ । उत्तर तर्फ नाप जाँच चलिरहेको हुँदा यस तर्फ पनि भत्किने घरको सङ्ख्या अझै धेरै हुन सक्छ । 
 
खोलाको क्षेत्राधिकार भित्र साना कच्ची घर देखी ठुला आरसिसी घरहरू पनि छन् । यस्ता घरहरू मध्ये केही घरहरू नक्सा पास भएका घरहरू पनि भएको अध्ययन समितिका संयोजक पुष्पनारायण चौधरीले जानकारी दिए ।  यी क्षेत्रको अध्ययन गर्दा कतिपय ठाउँमा खोला भित्रै घरहरू छन् भने व्यक्तिको जग्गामा खोला बगिरहेको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]