• असार १३, २०८१
  • जुनकिरी खबर

इटहरीमा तीन दिने महिला उद्यमशीलता तालिम

alt

इटहरीमा महिला उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । उद्योग वाणिज्य सङ्घ इटहरीको आयोजनामा तीन दिने महिला उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सुरु भएको हो ।

कोशी प्रदेशसभाकी सदस्य मीना श्रेष्ठले तालिमको उद्घाटन गरिन् । सुनसरी र मोरङ्गका महिला उद्यमीहरूलाई उत्पादन, बजारीकरण र उद्योगहरूको स्थायित्वका सम्बन्धमा प्रशिक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको कार्यक्रमकी संयोजक मीना ढकालले बताइन् । बुधबार उद्योग वाणिज्य सङ्घको सभा हलमा अध्यक्ष जीवन पराजुलीको अध्यक्षतामा तालिम सुरु भएको हो । तीन दिनसम्म चल्ने तालिममा ६६ जना उद्यमीहरूको सहभागिता रहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरी गोल्डकप फागुन ...

१५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप यही फागुन ३ गतेदेखि हुने भएको छ । आयोजक राष्ट्रि ...

इटहरीका मेयर र एमाले ...

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र नेकपा एमालेका जनप्रतिनिधि बिचको विवाद तत्काललाई समाधान भ ...

इटहरी उप-महानगरमा म ...

इटहरीमा कर्मचारीको कार्यकक्षमा उपमेयर संगीता कुमारी चौधरीले लगाएको तालाबन्दी मेयर हेमकर्ण पौडेलको नि ...

केबलकार निर्माण विवा ...

ताप्लेजुङस्थित पाथिभरामा केबलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षले गरेको यातायात बन्द फिर्ता ल ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]