• असार १३, २०८१
  • जुनकिरी खबर

इटहरीमा तीन दिने महिला उद्यमशीलता तालिम

alt

इटहरीमा महिला उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । उद्योग वाणिज्य सङ्घ इटहरीको आयोजनामा तीन दिने महिला उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सुरु भएको हो ।

कोशी प्रदेशसभाकी सदस्य मीना श्रेष्ठले तालिमको उद्घाटन गरिन् । सुनसरी र मोरङ्गका महिला उद्यमीहरूलाई उत्पादन, बजारीकरण र उद्योगहरूको स्थायित्वका सम्बन्धमा प्रशिक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको कार्यक्रमकी संयोजक मीना ढकालले बताइन् । बुधबार उद्योग वाणिज्य सङ्घको सभा हलमा अध्यक्ष जीवन पराजुलीको अध्यक्षतामा तालिम सुरु भएको हो । तीन दिनसम्म चल्ने तालिममा ६६ जना उद्यमीहरूको सहभागिता रहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]