• असार १४, २०८१
  • जुनकिरी खबर

बजेट पुनर्लेखन नभए पास गर्न नदिने इटहरीकी उपमेयरको चेतावनी

alt

२०८१/०८२ को बजेट निर्माणको प्रक्रियामा प्रश्न उठाउँदै इटहरी उपमहानगरपालिकाकी उपमेयर चौधरीले असन्तुष्टि जनाएकी छिन् । विज्ञप्ति मार्फत उनले भनिन्, "राजश्व परामर्श समितिले राजश्व प्रक्षेपण गर्ने र सो को आधारबाट श्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बसेर श्रोतको अनुमान गर्दै वडा स्तरीय सिलिङ, विषयगत समितिको सिलिङ, चालु आर्थिक वर्षको र विगत देखिएका योजनाहरूको दायित्व भुक्तानी, चालु खर्चको सिलिङ म्याचिङ्ग फण्ड लगायतका अन्य थुप्रै विषयहरूमा सीमा निर्धारण गरिसके पश्चात् बजेट तथा योजना तर्जुमा समितिले सम्पूर्ण योजना तथा कार्यक्रमहरू निर्धारण गरी कार्यपालिकामा छलफलका लागि पेस गर्नुपर्ने कानुनी प्रक्रिया छ ।

बजेटको कुनै पनि अङ्ग पुरा नगरी लहड, आवेग र उत्तेजनामा नगर सभाका २० जना सदस्यहरूको भौतिक उपस्थितिमा नगरले धान्नै नसक्ने अवस्थाको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत भएको खबरले दुखी एवम् स्तब्ध भएकी छु ।"

चालु आर्थिक वर्षको र विगतका वर्षीय योजनाहरूको भुक्तानी मात्रै एक अर्ब ५१ करोड भन्दा बढी दायित्व सरेर जाने उनले बताइन् । आन्तरिक आय र रजिष्ट्रेशन शुल्कमा मात्रै ९० करोड घाटा देखिएको भन्दै उपमेयर चौधरीले यथार्थ आय भन्दा खर्च धेरै गुणा बढी भएर उपभोक्ता मार्फत सञ्चालन भएका योजनाहरूको भुक्तानी हुन नसकेको प्रति चिन्ता व्यक्त गरिन् ।

यथार्थमा आधारित बजेट ल्याउन नगर सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुख तथा सभा अध्यक्ष समक्ष पटक पटक अनुरोध गर्दा बेवास्ता गरेको उनको आरोप छ ।

आफूले श्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठकको छलफल गराउन अनुरोध गर्दा अटेर गरेको र बजेट तर्जुमाको न्यूनतम मापदण्ड, सिद्धान्त र कानुन विपरीत बजेट ल्याइएको बताइन् । कार्यपालिका बैठकमा छलफल गराई बजेट पुनर्लेखन गर्नुपर्ने उनको माग छ ।

अन्यथा बजेट पास गर्न नदिने बताउँदै चौधरीले बजेट पास नहुँदा उत्पन्न हुने परिस्थितिको सामना गर्न प्रमुख प्रशासकीय अधिकृत र मेयर पौडेललाई चेतावनी दिएकी छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]