• असार १५, २०८१
  • जुनकिरी खबर

इटहरीबासीले सडकमै धान रोपे

alt

आज असार १५ अर्थात धान दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहँदा इटहरी उपमहानगरपालिकामा भने स्थानियले सडकमै धान रोपेका छन् ।  उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित रेडक्रस चौकको सडकमा पानी जमेर ठुलो खालड बनेपछि स्थानियले विरोध स्वरुप आज धान रोपेका हुन् ।

सडकका खाडल बर्षाको पानीले ठुलो आहाल बनेपछि स्थानियले विरोध गर्दै नाचगान सहित धान रोपेका हुन् । ठुलो संख्यामा भेला भएका स्थानियले पटक पटक आग्रह गर्दा पनि सडकका खाल्डा पुर्न कुनै पहल नभएको भन्दै विरोधमा धान रोपेको बताएका छन् ।

यो सडक इटहरीको जुटविकास हुँदै पर्यटकिय स्थल तालतलैया जाने मुख्य बाटो हो । सडकको वडा नम्बर ४ मा रहेको भेटघाट चौक देखी उत्तर तर्फ सडक हिलाम्य रहेको छ ।  सडकको दुवै तर्फ ड्र्ेन निर्माण गर्दा होचो भएको भागमा जमेको पानी निकास नहुँदा आहाल बन्ने गरेको छ । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]