• असार १९, २०८१
  • जुनकिरी खबर

इटहरीमा मेयर र एमाले जनप्रतिनिधिबीच सधैं आरोप-प्रत्यारोप

alt

इटहरी उपमहानगरपालिकाले असार १० गते मध्यराति एमाले जनप्रतिनिधको असन्तुष्टिबीच बजेट सार्वजनिक ग¥यो । एमाले जनप्रतिनिधिले बजेटमा असन्तुष्टि जनाउँदै नगरसभा बैठक बहिष्कार गरेपनि मेयर हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको बैठकले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको थियो ।

उक्त बजेटमा हालपनि एमाले जनप्रतिनिधिको असहमति रहेको छ । यसैबीच सोमबार मेयर पौडेलले एमाले जनप्रतिनिधिका कारण भुक्तानी रोकिएको आरोप लगाएपछि एमाले प्रत्यारोपमा उत्रिएको छ । इटहरीमा मेयर पौडेल र एमाले जनप्रतिनिधिबीचको आरोप–प्रत्यारोपको घटना यो पहिलोपटक भने होइन ।

पटकपटकको आरोप–प्रत्यारोपले इटहरीको कार्यपालिका बैठक पाँच महिनादेखि बस्न सकेको छैन । त्यसो त थुप्रै योजनाहरूको भुक्तानीसमेत दिन नसक्नुले मेयर र एमालेका कार्यपालिका सदस्यबीच टकराव बढ्दै गएको छ ।

मेयर पौडेलले सोमबार एमाले जनप्रनिधिहरूको कारण उपभोक्ताहरूको रकम भुक्तानी दिन नसकेको आरोप लगाएका थिए ।

पाँच महिनादेखि बारम्बार कार्यपालिका बैठक बस्न आग्रह गर्दा पनि एमालेका जनप्रतिनिधिहरूले बस्न नमान्दा उपभोक्ताहरूको करोडौँ रुपैयाँ भुक्तानी हुन नसकेको मेयर पौडेलको भनाई छ । कार्यपालिका बैठक बसेर मात्र उपभोक्ताहरूले भुक्तानी पाउँछन्, तर कार्यपालिकामा बारम्बार एजेण्डा फर्काउनु परेको मेयर पौडेलले बताए ।

त्यसलाई खण्डन गर्दै मंगलबार एमाले जनप्रतिनिधिले पत्रकार सम्मेलन गरी मेयरको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

एमाले इटहरी उपमहानगरपालिका संसदीय दलका नेता प्रमोद शेर्पाले बजेट भुक्तानीको प्रक्रिया सिस्टममा नभएको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]