• असार २७, २०८१
  • जुनकिरी खबर

इटहरीको मेसिन खरिद अनियमितता छानबिन गर्न एमालेको माग

alt

नेकपा एमाले इटहरी नगर अधिवेशनबाट निर्वाचित नयाँ कमिटीको पहिलो बैठकले इटहरी उपमहानगरपालिका भित्र भएका अनियमितता र भ्रष्टाचारको खुलेर विरोध गर्ने निर्णय गरेको छ । हालै सार्वजनिक सञ्चार माध्यममा आएको इटहरी उपमहानगरपालिकाले सी.टी. स्क्यान मेशिन खरिदमा भएको अनियमितताको छानबिन गर्न एमालेले माग गरेको हो ।

बुधवारको पद तथा गोपनीयताको शपथ लिएसँगै बसेको नगर कमिटीको पूर्ण बैठकले नगर बस, सी.सी. क्यामेरा र इन्फ्रास्ट्रक्चर एम्बुलेन्स खरिदमा उपमहानगरलाई घाटा हुने गरी मिलेमतोमा मापदण्ड बनाई करोडौँ भ्रष्टाचार भएको ठहर गरेको छ । पछिल्लो समय खरिद भएका सामग्रीको सत्य तथ्य बाहिर ल्याउन एमालेले माग गरेको छ ।

इटहरी उपमहानगरपालिकाको १५ औ नगरसभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट कानुनले निर्दिष्ट गरे बमोजिमको विधि प्रक्रिया नपुर्‍याई यथार्थ भन्दा अधिक आन्तरिक आय प्रक्षेपण गरिएकोमा आपत्ति जनाएको छ । बजेटको आधारमा योजना बाँडफाँड हुने र आम्दानी न्यून हुँदा भुक्तानी गर्न नसक्ने अवस्था सृजना हुने एमालेको ठहर छ ।

इटहरी उपमहानगर स्तरीय गुरुयोजना निर्माण र स्वीकृत गरी कार्यान्वयनमा ल्याउनुपर्ने एमालेले जनाएको छ । आवश्यक अध्ययन नगरी, लगानी सुनिश्चितता विनानै हचुवाको भरमा खोला किनार खनेको नवनिर्वाचीत अध्यक्ष रुपेश बस्नेतले बताए ।

पानीको निकासहरूमा कोरिडोर बनाउने हास्यास्पद घोषणा गरेर सर्वसाधारण माथि गरिएको आतङ्क बन्द गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]