• असार ३०, २०८१
  • जुनकिरी खबर

कोशी प्रदेशमा सरकार पुनर्गठनको तयारी

alt

कोशी प्रदेशमा सरकार पुनर्गठनको तयारी भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् । हाल सरकारमा रहेको माओवादी केन्द्रलाई हटाएर कांग्रेसलाई सरकारमा सामेल गराउने तयारी भइरहेको जनाइएको छ ।

केन्द्रमा सरकार परिवर्तन भएसँगै प्रदेशमा पनि यसको असर पर्ने संकेत देखिएको हो । हाल कोशीमा एमाले र माओवादी केन्द्र सरकारमा छन् भने नेकपा एकीकृत समाजवादी र जसपाले समर्थन जनाएका छन् । माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ ।

पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्यमा राजेन्द्र कार्की, भौतिक पूर्वाधार मन्त्रीमा गणेश उप्रेती र बन्दना झाँगर पर्यटन राज्यमन्त्री रहेका छन् ।

मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रमा मन्त्रीलाई राजीनामा दिन सन्देश पठाएको जनाइएको छ । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले माओवादीका मन्त्रीहरूले राजीनामा दिने जनाए ।

उनले भने, ‘मुख्यमन्त्रीले आजै राजीनामा दिनू भनेर भन्नु भएको छैन । उहाँहरूले राष्ट्रिय परिस्थितिलाई हेरेर अनुकूल समयमा राजीनामा दिनुहोला ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]