• साउन ३, २०८१
  • जुनकिरी खबर

सञ्चारकर्मी सञ्जिता धमला माथि आक्रमण गर्ने ५ जना पक्राउ

alt

सञ्चारकर्मी सञ्जिता धमलालाई आज बुधवार दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आक्रामक गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरे लगत्तै उनीहरूलाई इनरुवा जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको छ । पक्राउ परेकाहरू म्याद थपको क्रममा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए । उनका अनुसार म्याद थप भएर मात्र नाम सार्वजनिक गर्ने तयारी भइरहेको छ । 

सञ्चारकर्मी धमला उपचार गराउन बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन् । उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा भनेकी छन् ‘म बिरामी अवस्थामा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे कोठामा पालोमा थिएँ, हर्क साम्पाङका महिला समर्थकहरूले  ‘धमलालाई कुट्न आको भन्दै’ म र मेरो साथीलाई पछाडिबाट आक्रमण गरी, लुगा तान्दै, कुटपिट गर्दै, लछारपछार गरेका थिए ।’

धमलाले मोबाइल खोस्ने प्रयास समेत गरेको उल्लेख गर्दै भनेकी छन् ‘सार्वजनिक क्षेत्र अस्पताल जस्तो संवेदनशील स्थानमा यस्तो हिंसात्मक आचरणले केवल मेरो शारीरिक अवस्था मात्र होइन, मानसिक अवस्थालाई पनि ठुलो धक्का दिएको छ ।’

‘म बिरामी अवस्थामा उपचारको लागि पुगेको थिएँ । यस्तो अवस्थामा हिंसात्मक आक्रमणको सामना गर्नु, त्यो पनि सार्वजनिक स्थानमा, कुनै पनि व्यक्तिको लागि सहन गर्न गाह्रो नै हुन्छ । अस्पताल भनेको उपचारको लागि, शान्तिको लागि र सुरक्षित ठाउँ हो । तर, यहाँ उल्टै असुरक्षित महसुस गरायो ।’ उनले लेखेकी छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]