• साउन ६, २०८१
  • जुनकिरी खबर

पत्रकार धमलालाई आक्रमण गर्ने ७ जना सार्वजनिक

alt

धरानकी पत्रकार संजिता धमलालाई सार्वजनिक स्थलमा आक्रमण गर्ने ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । धरानस्थित वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न एक्सरेको लाइनमा बसिरहेको अवस्थामा धमलालाई सात जना महिलाको समूहले आक्रमण गरेको थियो ।

आक्रमणमा संलग्नविरुद्ध धमलाले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको र अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ गरिएका ७ जनालाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप अनुमति लिएको सुनसरी प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न भएको भन्दै प्रहरीले धरान–१५ की ४२ वर्षीय चन्द्रकला थेवे, धरान १९ की ३४ वर्षीय मुना राई, धरान १७ की ५६ वर्षीय प्रमिला राई, धरान ११ की ४५ वर्षीय शर्मिला राई,  धरान १ की ५२ वर्षीय शर्किनी थापा मगर, धरान १७ की ४० वर्षीय पूर्ण वान्तावा राई र ३५ वर्षीय सिर्जना बेघालाई पक्राउ गरी कारबाही अगाडि बढाएको हो ।घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]