• साउन ६, २०८१
  • जुनकिरी खबर

पिण्डेश्वरमा बोलबम : ज्येष्ठ नागरिकको फरक लाइन

alt

पिण्डेश्वर मन्दिरमा लाग्ने बोलबममा यसपटक ज्येष्ठ नागरिक र बालबालिका लिएर आउने अभिभावकहरूलाई विशेष लाइनको व्यवस्था गरेको छ । 

ज्येष्ठ नागरिकहरू लामो समय लाइनमा बस्न नसक्ने भएकाले पनि उनीहरूलाई विशेष सुविधाका लागि फरक लाइनको व्यवस्था गरिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार बनेपालीले बताए । ‘ज्येष्ठ नागरिक र बालबच्चाहरूसहित आउने अभिभावकलाई अर्कै ढोकाबाट छिराउने व्यवस्था गरेका छौँ’ उनले भने, ‘यो पटक केही फरक गर्ने प्रयास गरिँदै छ । तर कत्तिको व्यवस्थित गर्न सकिन्छ हेरौँ ।’ उनका अनुसार ज्येष्ठ नागरिकलाई सम्हाल्नका लागि एकजनालाई मात्रै विशेष लाइनमा बस्न सक्ने व्यवस्था गर्ने तयारी थालिएको छ । सोहीअनुसार सुरक्षा निकायहरूसँग छलफल भइसकेको छ । 

‘ज्येष्ठ नागरिकलाई सुविधा दिँदा उहाँहरूसँग आएका अरूले पनि सुविधा लिन खोज्छन् त्यस्तोलाई प्रवृत्तिलाई रोक्न एकजनासम्मलाई साथीको रूपमा पठाउने कि भन्ने विषयमा सुरक्षा निकायसँग छलफल भएको छ’ उनले भने । साउन महिनाभरि पिण्डेश्वर मन्दिरमा जल चढाउन झण्डै दुईदेखि अढाई लाखको हाराहारीमा आउने गरेका छन् । तर गत वर्षभने शुक्र अस्तका बेला जल चढाउनु हुँदैन भन्दै सामाजिक सञ्जाल टिकटकलगायतमा फैलिएपछि करिब ६० हजारको हाराहारीमा मात्रै भक्तजन आएको अध्यक्ष बनेपालीले जानकारी दिए । ‘विगत वर्षहरूमा दुई अढाई लाख भक्तजन आउने गरेको ट्रेन्ड छ’ उनले भने, ‘गत वर्ष ५०–६० हजार मात्रै आएको हाम्रो अनुमान छ ।’

यहाँ २०३९ सालदेखि साउन महिनाभरि जल चढाउने परम्पराको विकास भएको हो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]