• साउन ७, २०८१
  • जुनकिरी खबर

पिण्डेश्वर मन्दिरमा जल चढाउन भक्तजनहरूको घुइँचो

alt

साउनको पहिलो सोमबार आज धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा जल चढाउन बोल बम भक्तजनहरूको घुइँचो लागेको छ । विगतका वर्षहरूमा पहिलो सोमबार जल चढाउने गेरुवस्त्रधारी भक्तजनहरूको संख्या न्यून हुने र अन्तिम दुई सोमबार मात्र भीड हुने गरेको थियो ।

तर, यो वर्ष भने सुरुवाती दिनहरूमा नै उल्लेख्य मात्रामा बोल बम तीर्थयात्रीहरू जल चढाउन आएको पिण्डेश्वर बाबा धाम समितिले जनाएको छ । प्रत्येक वर्ष साउन महिनामा धरानको पिण्डेश्वर मन्दिरमा बोल बम धार्मिक मेला नै लाग्ने गरेको छ । साउन महिनाभरिमा चतरास्थित सप्तकोसी नदीबाट जल ल्याएर पिण्डेश्वरमा चढाउन र दर्शन गर्न नेपालको विभिन्न जिल्ला सहित भारत र भुटानबाट समेत भक्तजनहरू आउने गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]