• साउन ९, २०८१
  • जुनकिरी खबर

जहाज दुर्घटनामा मृत्यु हुने विराटनगरका ३ जना

alt

त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरको ९एन–एएमई सिआरजे–२०० जहाज दुर्घटनामा मृत्यु भएका १८ जना मध्ये तीनजना विराटनगरको रहेको पाइएको छ । 

जहाज दुर्घटनामा मृत्यु भएका जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरका हुन् । 

मृत्यु भएका कटुवाल विराटनगर–३ स्थित आयल निगम पूर्वका बासिन्दा भएको सौर्य एयरलाइन्स विराटनगर स्टेसन म्यानेजर प्रकाश पौडेलले जानकारी दिए ।

त्यसैगरी दुर्घटनामा ज्यान गुमाउने इन्जिनियर निरौला पनि विराटनगरकै बासिन्दा हुन् । उनको घर विराटनगर–१ स्थित जिल्ला प्रहरी कार्यालय मोरङ नजिकै रहेको जनाइएको छ ।

सौर्य एयरका सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगर–८ मधुमाराका बासिन्दा हुन् । आज बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाजका पाइलट ३७ वर्षीय मनिष शाक्यको भने उद्दार गरिएको छ । उनको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको जहाज करिव दुई सय मिटर माथि पुगेपछि कोल्टिएर भुईँमा बजारिएको थियो । जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]