• साउन ९, २०८१
  • जुनकिरी खबर

सुनसरीमा साढे १३ हजारले लिए एक वर्षमा राहदानी

alt

जिल्ला प्रशासन कार्यालय सुनसरीले आर्थिक वर्ष २०८०।८१ मा १३ हजार ७७१ राहदानी वितरण गरेको छ । एक वर्षको अवधिमा वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने उद्देश्यका साथ राहदानी बनाउनेको सङ्ख्या बढेको प्रशासनले जनाएको छ ।

जिल्लामा आव २०८०।८१ को एक वर्षमा १७ हजार ४८० वटा राहदानीका लागि निवेदन आएकोमा १३ हजार ७७१ राहदानी वितरण गरेको हो । यस अवधिमा जिल्लामा राहदानीका लागि १७ हजार ४८० थान निवेदन दर्ता भएका छन् ।

यीमध्ये ५८ वटा राहदानी विभागमा सिफारिस गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीकाअनुसार मासिक एक हजार १५० भन्दा बढी राहदानी वितरण भइरहेको छ ।

यसैगरी प्रशासनमा यो अवधिमा ४०४ थान मुद्दा दर्ता भएका छन् भने ३४४ मुद्दा फछ्र्यौट भएका छन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय सुनसरीले २०८०।८१ को एक वर्षमा १५ हजार ५२४ थान नयाँ नागरिकता जारी गरेको जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार आव २०८०।८१ को साउनदेखि असार मसान्तसम्ममा यत्तिको सङ्ख्यामा नयाँ नागरिकता जारी गरिएको हो । प्रजिअ तिवारीका अनुसार सोही अवधिमा १३ हजार ७३३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]