• साउन १५, २०८१
  • जुनकिरी खबर

२ सय ४ उद्योग खारेजी

alt

गत आर्थिक बर्ष २०८०।८१मा सुनसरीमा सञ्चालनमा रहेका दुई सय चार उद्योग खारेजीमा परेका छन् ।  आर्थिक मन्दीका कारण बन्द भएका तथा नियम अनुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला उद्योगहरु खारेजी गरिएको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरीमा साना तथा मझौला गरी करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेले जानकारी दिए ।

आर्थिक मन्दीको असर भन्दै केही उद्योगहरु बन्द तथा खारेजी गरिएको प्रमुख लामिछानेले बताए । उद्योगहरु बन्द भएपनि नयाँ खुल्ने क्रम पनि चलिरहेको प्रमुख लामिछानले बताए ।

उनका अनुसार गत आर्थिक बर्षमा सुनसरीमा ५ सय ६६ नयाँ उद्योगहरु थपिएका छन् । नयाँ उद्योग थपिदा १८ लाख ८६ हजार राजश्व संकलन भएको छ । 

यस्तै गत आर्थिक बर्षमा सनुसरीका १ सय २४ साना तथा मझौला उद्योगहरुले पूँजी वृद्धि गरेका छन् । ती उद्योग तथा व्यवसायहरुले कुल ४४ करोड ५३ लाख १३ हजार पूँजी वृद्धि गरेका हुन । 

गत आर्थिक बर्षमा घरेलु कार्यालय सुनसरीले २ करोड १५ लाख १ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको कार्यालयका प्रमुख हरि लामिछानले जानकारी दिए ।

कार्यालयले उद्योग तर्फ १ करोड १ लाख ७४ हजार २६० यस्तै वाणिज्य तर्फ १ करोड १२ लाख ५७ हजार ५४० र विक्रि आयबाट ७० हजार गरी कुल २ करोड १५ लाख १ हजार ८ सय रुपैँया राजश्व संकलन भएको लामिछानेले जानकारी दिए ।  

सुनसरीमा सञ्चालनमा धेरै उद्योग तथा व्यवसायहरु सञ्चालनमा भए पनि नविकरण गर्नेको संख्या भने कम देखिएको छ । गत आर्थिक बर्ष २०८०।८१ मा एक हजार तीन सय ५२ उद्योगले मात्रै नविकरण गरेका छन् । नविकरणबाट कार्यालयले ६७ लाख ८ हजार राजश्व संकलन भएको घरेलु कार्यालय सुनसरीले जनाएको छ । 

गत आर्थिक बर्षमा २४ उद्योगहरुले ठाँउसारी गरेका छन् भने ६५ उद्योगहरुले नामसारी गरेका छन् । 

सम्बन्धित समाचारहरु
सुनसरीको विभिन्न स्थ ...

सुनसरीको विभिन्न स्थानहरूबाट लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाँउपालिक ...

इटहरीमा बैगुने मेलाम ...

बैगुने मेलाको रुपमा चर्चित टेँग्राधाममा बैगुन चढाउन बिहानै देखी भक्तजनको ठुलो घुँईचो लागेको छ । प्रत ...

सुनसरीको देवानगन्जमा ...

सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली चलेको छ । गोली लागेर १ जना गम्भीर घाइते भएका छन् । देवानगन्ज ग ...

मेयरकप अन्तरपालिका क ...

साविक विजेता विराटनगर महानगरपालिकाले दोस्रो संस्करणको मेयरकप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]