• साउन १५, २०८१
  • जुनकिरी खबर

२ सय ४ उद्योग खारेजी

alt

गत आर्थिक बर्ष २०८०।८१मा सुनसरीमा सञ्चालनमा रहेका दुई सय चार उद्योग खारेजीमा परेका छन् ।  आर्थिक मन्दीका कारण बन्द भएका तथा नियम अनुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला उद्योगहरु खारेजी गरिएको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरीमा साना तथा मझौला गरी करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेले जानकारी दिए ।

आर्थिक मन्दीको असर भन्दै केही उद्योगहरु बन्द तथा खारेजी गरिएको प्रमुख लामिछानेले बताए । उद्योगहरु बन्द भएपनि नयाँ खुल्ने क्रम पनि चलिरहेको प्रमुख लामिछानले बताए ।

उनका अनुसार गत आर्थिक बर्षमा सुनसरीमा ५ सय ६६ नयाँ उद्योगहरु थपिएका छन् । नयाँ उद्योग थपिदा १८ लाख ८६ हजार राजश्व संकलन भएको छ । 

यस्तै गत आर्थिक बर्षमा सनुसरीका १ सय २४ साना तथा मझौला उद्योगहरुले पूँजी वृद्धि गरेका छन् । ती उद्योग तथा व्यवसायहरुले कुल ४४ करोड ५३ लाख १३ हजार पूँजी वृद्धि गरेका हुन । 

गत आर्थिक बर्षमा घरेलु कार्यालय सुनसरीले २ करोड १५ लाख १ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको कार्यालयका प्रमुख हरि लामिछानले जानकारी दिए ।

कार्यालयले उद्योग तर्फ १ करोड १ लाख ७४ हजार २६० यस्तै वाणिज्य तर्फ १ करोड १२ लाख ५७ हजार ५४० र विक्रि आयबाट ७० हजार गरी कुल २ करोड १५ लाख १ हजार ८ सय रुपैँया राजश्व संकलन भएको लामिछानेले जानकारी दिए ।  

सुनसरीमा सञ्चालनमा धेरै उद्योग तथा व्यवसायहरु सञ्चालनमा भए पनि नविकरण गर्नेको संख्या भने कम देखिएको छ । गत आर्थिक बर्ष २०८०।८१ मा एक हजार तीन सय ५२ उद्योगले मात्रै नविकरण गरेका छन् । नविकरणबाट कार्यालयले ६७ लाख ८ हजार राजश्व संकलन भएको घरेलु कार्यालय सुनसरीले जनाएको छ । 

गत आर्थिक बर्षमा २४ उद्योगहरुले ठाँउसारी गरेका छन् भने ६५ उद्योगहरुले नामसारी गरेका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]