• साउन १६, २०८१
  • जुनकिरी खबर

अनशन बस्ने केदार कार्कीको चेतावनी

alt

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जनताको कुरा उठाउन सङ्घर्ष गर्ने बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दे पूर्व मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले ल्याएका योजनाहरू जनताको पक्षमा रहेको र ती योजना कटौती भएकाले जनताको पक्षमा लोकतान्त्रिक विधि अनुसार सङ्घर्ष गर्ने बताए ।

उनले आफू नेतृत्वको सरकारले ल्याएको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारको योजना काटिएकोमा रोष प्रकट गरे । यस्तै जसको जङ्गल उसको मङ्गल जनवार मैत्री जङ्गल, महिला स्वास्थ्य सेवीकालाई प्रोत्साहन कार्यक्रम, केशलीया कोरिडोर निर्माणको योजना यो सरकारले काटेको भन्दै आफू जस्तो सुकै सङ्घर्षमा उत्रने बताए ।

कस्तो सङ्घर्ष भन्ने पत्रकारको जिज्ञासामा  उनले अनसन सम्मको पनि हुन सक्ने बताए । पूर्व मुख्यमन्त्री कार्कीले आफै नेतृत्वको सरकारले शैले जा आचार्य ह्दय रोग केन्द्र सञ्चालन, विभिन्न विद्यार्थीलाई छात्रावृती, सुकुम्वासीलाई जग्गा खरिद अनुदान कार्यक्रम यो सरकारले निरन्तरता गर्नु पर्ने बताए । 

उनले यो सरकारले ल्याएको बजेट सेटिङ्गका आधारमा ल्याएको आरोप लगाए । पूर्व मुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा काङ्ग्रेस पनि छ उसैको विरुद्धमा सङ्घर्षमा उत्रने भन्ने जिज्ञासा आफू जनताको पक्षमा सङ्घर्षमा उत्रने बताए । 

सम्बन्धित समाचारहरु
इटहरी गोल्डकप फागुन ...

१५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप यही फागुन ३ गतेदेखि हुने भएको छ । आयोजक राष्ट्रि ...

इटहरीका मेयर र एमाले ...

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र नेकपा एमालेका जनप्रतिनिधि बिचको विवाद तत्काललाई समाधान भ ...

इटहरी उप-महानगरमा म ...

इटहरीमा कर्मचारीको कार्यकक्षमा उपमेयर संगीता कुमारी चौधरीले लगाएको तालाबन्दी मेयर हेमकर्ण पौडेलको नि ...

केबलकार निर्माण विवा ...

ताप्लेजुङस्थित पाथिभरामा केबलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षले गरेको यातायात बन्द फिर्ता ल ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]