• साउन १६, २०८१
  • जुनकिरी खबर

मोरङमा डेँगुको सङ्क्रमण बढ्दो

alt

मोरङमा डेंगुको सङ्क्रमण बढ्दै जान थालेको छ । १५४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ।  १७ वटा स्थानीय तहहरू मध्ये सबै भन्दा धेरै लेटाङमा सङ्क्रमण दर बढी रहेको तथ्याङ्कले देखाएको छ । 
 
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार बुधवार दिउँसोसम्म १५४ जनामा सङ्क्रमण देखिएको हो । सबैभन्दा धेरै लेटाङ नगरपालिकामा १४९ जनामा सङ्क्रमण देखिएको भने पथरी शनिश्चरे नगरपालिकामा ५ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले जानकारी दिए । उनका अनुसार पछिल्लो समय सङ्क्रमण बढ्दै गएकोले सतर्कता कोलागि अभियानहरू पनि सञ्चालन हुँदै आएको छ।  
 
सङ्क्रमण देखिएका पालिकाहरूमा  डेंँगु  खोज र नष्ट गर अभियान सञ्चालनमा रहेको भए पनि यसलाई प्रभावकारी बनाउने प्रयास भइरहेको मेहताले बताए । सङ्क्रमण बढ्नुको कारणमा  वर्षाको कारण खोज  नष्ट गर कार्यक्रम प्रभावकारी नभएको, सरसफाइमा ध्यान नदिएको, गर्मी बढेको तथा पानी पर्नुलाई विज्ञहरूले सङ्क्रमण बढेको मान्छन्  । 
 
तत्काल सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई समेत प्रभावकारी बनाउने काम पालिका र प्रदेश सरकारबाट संयुक्त रूपमा भइरहेको  उनले बताए ।  डेँगुको शीघ्र परीक्षण कोलागि किटको व्यवस्था, स्थानीय तहबाट नै उपचार गराउन औजार उपकरण सहयोग, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, तथ्याङ्क विश्लेषण गरी  रोग नियन्त्रणमा आगामी योजना जिल्ला जनस्वास्थ्य कार्यालयले बनाई रहेको डा मेहताको भनाई छ। डेँगुको सङ्क्रमण बढ्न सक्ने भएकोले मोरङ जिल्लाका सबै पालिकामा डुैँगु नियन्त्रणका कार्यक्रमहरू सञ्चालन भई रहेका छन्  ।   संघ संस्थाको सहयोगमा जनचेतना, अभिमुखीकरण, सामाजिक परिचालन पनि हुँदै आएका छन्  ।

सम्बन्धित समाचारहरु
इटहरी गोल्डकप फागुन ...

१५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप यही फागुन ३ गतेदेखि हुने भएको छ । आयोजक राष्ट्रि ...

इटहरीका मेयर र एमाले ...

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र नेकपा एमालेका जनप्रतिनिधि बिचको विवाद तत्काललाई समाधान भ ...

इटहरी उप-महानगरमा म ...

इटहरीमा कर्मचारीको कार्यकक्षमा उपमेयर संगीता कुमारी चौधरीले लगाएको तालाबन्दी मेयर हेमकर्ण पौडेलको नि ...

केबलकार निर्माण विवा ...

ताप्लेजुङस्थित पाथिभरामा केबलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षले गरेको यातायात बन्द फिर्ता ल ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]