• साउन २०, २०८१
  • जुनकिरी खबर

सुनसरीमा नग्न अवस्थामा महिलाको शव फेला

alt

सुनसरीमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । सदरमुकाम इनरुवास्थित एक महिलाको शुक्रबार दिउँसो नग्न अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार भोक्राहा–नरसिंह गाउँपालिका १ घर भएकी अन्दाजी ४२ वर्षीया सैफूल खातुनको इनरुवा ३ स्थित नग्न अवस्थामा शव फेला परेको हो ।

‘घटना शंकास्पद भएका कारण हामीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत मगायौँ,’ डीएसपी भण्डारीले भने, ‘शव पोस्टमार्टमका लागि पठाएका छौँ । रिपोर्ट नआइकन घटनाको कारण पत्ता लागेको छैन ।’ उनले परिवारको भनाइ उदृत गर्दै ती महिला ‘मानसिक रोगी‘जस्तो रहेको बताए । ‘मृतकका भाइको भनाइअनुसार ती महिला मानसिक रोगीको बिरामीसमेत रहिछन्,’ उनले भने, ‘घटना शंकास्पद भएपनि अनुसन्धान नभई यसै भन्न सकिन्न ।’

उनका अनुसार मृतक महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको छ ।

स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले महिलाको नग्न अवस्थामा शव फेला पारेपछि घटना शंकास्पद भएको अनुमान गर्दै अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरी गोल्डकप फागुन ...

१५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप यही फागुन ३ गतेदेखि हुने भएको छ । आयोजक राष्ट्रि ...

इटहरीका मेयर र एमाले ...

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र नेकपा एमालेका जनप्रतिनिधि बिचको विवाद तत्काललाई समाधान भ ...

इटहरी उप-महानगरमा म ...

इटहरीमा कर्मचारीको कार्यकक्षमा उपमेयर संगीता कुमारी चौधरीले लगाएको तालाबन्दी मेयर हेमकर्ण पौडेलको नि ...

केबलकार निर्माण विवा ...

ताप्लेजुङस्थित पाथिभरामा केबलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षले गरेको यातायात बन्द फिर्ता ल ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]