• साउन २२, २०८१
  • जुनकिरी खबर

इटहरी उपमहानगर किन्यो ४ वटा विद्युतीय बस

alt

इटहरी उपमहानगरपालिकाले अब सहुलियत बस सेवा सुरु गर्ने भएको छ । नगरले खरिद गरेका चार वटा बस मंगलबार इटहरी ल्याइएको छ । इटहरी नगरभरि सहज र सरल रूपमा यातायातको सेवा पुर्‍याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

असोज १ गतेबाट इटहरीमा नगर बस सन्चालनमा ल्याउने प्रमुख पौडेलले जानकारी दिए । ‘चार वटा बसले इटहरीको ४ वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्ने गरी काम भइरहेको छ,’ नगरप्रमुख पौडेलले भने, 'जनतालाई सहुलियतमा यो सेवा दिन लागिएको हो ।'

बसमा जीपीएस जडान गरी सूचनामैत्री बनाइने छ । बसमा सीसी क्यामेरा लगायतका थुप्रै सुविधा छन् ।

नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकमार्फत वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको प्रमुख पौडेलले बताए । समितिले रुट निर्धारण गरेपछि सोहीअनुसार बस चलाइने छ ।

सम्बन्धित समाचारहरु
सुनसरीको विभिन्न स्थ ...

सुनसरीको विभिन्न स्थानहरूबाट लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाँउपालिक ...

इटहरीमा बैगुने मेलाम ...

बैगुने मेलाको रुपमा चर्चित टेँग्राधाममा बैगुन चढाउन बिहानै देखी भक्तजनको ठुलो घुँईचो लागेको छ । प्रत ...

सुनसरीको देवानगन्जमा ...

सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली चलेको छ । गोली लागेर १ जना गम्भीर घाइते भएका छन् । देवानगन्ज ग ...

मेयरकप अन्तरपालिका क ...

साविक विजेता विराटनगर महानगरपालिकाले दोस्रो संस्करणको मेयरकप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]