• साउन ३२, २०८१
  • जुनकिरी खबर

इटहरीको राष्ट्रिय माविले सार्वजनिक गर्‍यो नीति तथा कार्यक्रम

alt

इटहरीमा सञ्चालित सामुदायिक विद्यालयमध्ये  वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपल्ट वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१(८२ का लागि विद्यालयले तय गरेका कार्यक्रम पुरा गर्न सात करोड बजेट आवश्यक पर्ने नीति तथा कार्यक्रम बिहीबार इटहरीका मेयर हेमकणर् पौडेलले सार्वजनिक गरेका हुन् । 
 
इटहरी उपमहानगरपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि विद्यालय सुधार अभियान चलाइ रहेका बेला राष्ट्रिय माध्यमिक विद्यालयले उदाहरणीय कार्य गरेको र अरू विद्यालयले सिको गर्ने मेयर पौडेलले बताए । विद्यालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासतर्फ विद्यार्थीको चापलाई मध्यनजर गरेर छ कोठे पक्की भवन निर्माण, विद्यालयको खेलमैदान स्तरोन्नति, सिसि क्यामेरा जडान, विद्यार्थीको निम्ति थप दुई वटा बस थप गर्ने, दुई वटा शौचालय थप गरिने, शुद्ध पिउने पानी (फिल्टरसहित) व्यवस्था गर्ने र स्मार्ट विद्यालय स्मार्ट शिक्षक कार्यक्रम लागू गरिने उल्लेख छ ।
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विद्यालयको वाल उद्यान निर्माण, पार्किङको उचित व्यवस्था, विद्यार्थीको उमेर समूह अनुसार फर्निचरको व्यवस्था, अलगै परीक्षा शाखा, चमेना गृह व्यवस्थित गर्ने र  आपगाछी चोकमा साना स्कुल बालबालिकालाई मध्यनजर गरेर आउँजाउँ गर्न सहजताका लागि आकाशे पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने उल्लेख छ ।
 
यसै गरी, मानव संसाधन विकासतर्फ तल्लो तहका कक्षामा अध्यापन गर्ने शिक्षकको क्षमता विकास, सबै तहका शिक्षक तथा कर्मचारीलाई विधागत तालिम, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्थालगायतका कार्यक्रम गरिने भएको छ । यस्तै, शैक्षिक क्रियाकलापतर्फ शिक्षक कार्यसम्पादन सम्झौता करार गरी कार्यान्वयन गरिने मुख्य कार्यक्रममा समेटिएको छ ।
 
वार्षिक नीति तथा कार्यक्रममा विद्यार्थीका अतिरिक्त क्रियाकलाप बढाउने,  ग्रिन क्लबको नेतृत्वमा एक विद्यार्थी एक बिरुवा कार्यक्रम, त्रैमासिक भित्ते पत्रिका प्रकाशन, अभिभावक अभिमुखीकरण कार्यक्रम, कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई ग्रास रुट फुटबल प्रशिक्षण, सिकाई क्षमता कमजोर भएका विद्यार्थीलाई पकेट कक्षा सञ्चालन, योग शिक्षा कार्यक्रम सुरु गर्ने र  विद्यार्थीसँग मेयर कार्यक्रम वर्षमा दुई पटक गर्ने गरिने व्यवस्थापन समिति अध्यक्ष कार्कीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
 
कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम अनुसार कपी उत्पादन गरी विक्री गरिने, ट्राफिक व्यवस्थापन, लागू औषध नियन्त्रण सम्बन्धी सचेतना, विद्यार्थीको प्रतिभा पहिचान गरी प्रतिभालाई संरक्षण गरिने, शिक्षक, विद्यार्थी र अभिभावक आचारसंहिता लागू गर्ने लगायत समेटिएका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]