• भदौ ३, २०८१
  • जुनकिरी खबर

खोटाङको टेम्मामा फुटबल र सांस्कृतिक कार्यक्रम हुने

alt

खोटाङ ।  खोटाङमा तेस्रो संस्करणको अन्तर वडा स्तरीय ७ (ए) साइड पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहीँ कात्तिक १ गतेदेखि खोटाङको दिपुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ७, टेम्मामा सुरु हुनेछ । टेम्मा स्पोर्ट्स क्लबले फुटबल सगै सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने भएकाले स्थानीय खेलप्रेमी, टेम्मावासी तथा समाजसेवीलाई एकत्रित गर्ने उद्देश्य राखिएको छ ।

कार्यक्रम आयोजनाले समृद्ध समाज निर्माणमा युवाको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजक क्लबका प्रचार विभाग प्रमुख ग्याबिन किरातीले जानकारी दिनुभयो ।

फुटबल प्रतियोगितामा विभिन्न विधागत पुरस्कारसहित आकर्षक पुरस्कारहरू राखिएका छन्। प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई ७० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने दोस्रो स्थान प्राप्त गर्ने टिमलाई ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

त्यस्तै, उत्कृष्ट खेलाडी, गोलकिप्पर, हाइ स्कोरकर्ता, बेस्ट डिफेन्डर, र बेस्ट कोचलाई २ हजार नगदसहित ट्रफी, मेडल, र प्रमाण पत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूले असोज १० गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ। जसमा १६ वटा टिम सहभागी हुनेछन् । 

टिम दर्ता शुल्क ७ हजार ७ सय ७७ राखिएको छ आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रमका लागि चर्चित कलाकारहरूको पनि बेजोड प्रस्तुति रहनेछ ।  कार्यक्रममा प्रमुख कलाकारको रूपमा गायिकाहरु सुनिता थेगिम/अर्जुना राई, हस्य कलाकार उमेश राई (फुलन्देको आमा), गायकहरु रूपकुमार राई/ रोशन राई, मोडल अनुशा राना साम्पाङ/ सशिकला राई रहनेछन् । साथै, स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति गर्ने किरातीले जानकारी दिनुभयो ।

खेलका लागि आवश्यक नियमहरूमा खेलाडी संख्या ७+३ कोच सहित अनिवार्य गरिएको छ। सहभागि टिमले आफ्नो खाने बस्ने व्यवस्था आफै गर्नु पर्नेछ र खेलका क्रममा धुम्रपान गर्न पाइने छैन। खेलाडीहरूले अनिवार्य रूपमा जर्सी, शुज, मोजा लगाउनुपर्ने छ।

सांस्कृतिक कार्यक्रमसँगै टेम्मा डान्सिङ आइडल खुल्ला नृत्य प्रतियोगितासमेत आयोजना गरिने छ। नृत्य प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार नगदसहित प्रमाण पत्र पाउने छन् ।
Postar

सम्पूर्ण खेलप्रेमी, बुद्धिजीवी, राजनीतिकर्मी, संगीतप्रेमी, तथा स्थानीय बासिन्दाहरूलाई यस विशेष कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरिएको टेम्मा स्पोर्ट्स क्लबले जनाएको छ । कार्यक्रम आउदै गरेको बडा दशै तथा दिपावलीको अवसर गरिएको क्लबका प्रचार विभाग प्रमुख किरातीले जानकारी दिनुभयो । कार्यक्रम खोटाङको शान्ति माबि दिलौछीको खेल मैदानमा हुनेछ । 

सम्बन्धित समाचारहरु
सुनसरीमा होलीलाई मर् ...

जिल्ला प्रशासन कार्यालय सुनसरीले फागु पूर्णिमा होलीलाई सुरक्षित र मर्यादित बनाउन आग्रह गरेको छ । बुध ...

कोशी प्रदेशमा ‘फ्यान ...

लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेशमा ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान ...

इटहरीको बक्यौता ३ कर ...

इटहरी उपमहानगरपालिकाले सडक बत्ति बापतको तीन करोड बढि विद्युत महसुल रकम नतिरेको नेपाल विद्युत प्राधिक ...

इटहरी जनता क्याम्पसक ...

इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्वयिवु सभापतिका आकांक्षीको नाम मतदाता नामावलीमा समावेश नभएपछि नि ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]