• भदौ ५, २०८१
  • जुनकिरी खबर

सुनसरीको गढी हत्यामा संलग्न व्यक्ति पक्राउ

alt

प्रहरीले सुनसरीको गढीमा हत्या भएका व्यक्तिको सम्बन्धमा एक जनालाई पक्राउ गरेको छ। भदौ ३ गते बिहान  गढी गाउँपालिका वडा नम्बर २ थलाहामा एक व्यक्तिको हत्या भएको थियो ।   घरमा शरीर मात्र फेला परेको र करिब २०० मिटर उत्तर तर्फ टाउको प्रहरीले फेला पारेको थियो ।

हत्याको सम्बन्धमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर,  जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले  हत्या भएका व्यक्ति र हत्यामा संलग्नको पहिचान गरेको हो ।  हत्या भएका व्यक्ति सुनसरीको गढी गाउँपालिका ६ का  ४६ वर्षीय  ज्ञानचन रिषिदेव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

उक्त घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा गढी गाउँपालिका  २ सखुबारे टोलका  ३० वर्षीय  चन्दन रिषिदेवलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।  प्रहरीले घटनाको बारेमा गरेको प्रारम्भिक अनुसन्धानबाट  कोदालो (फरुवा) ले पटक–पटक प्रहार गरी टाउको छिनाई हत्या गरेको प्रहरीको दाबी छ।  पक्राउ परेका रिषिदेवलाई नियन्त्रणमा लिई सुनसरी जिल्ला अदालतबाट  ५ दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]