• भदौ १२, २०८१
  • जुनकिरी खबर

खेलाडीलाई जनही एक लाख दिइने

alt

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फा नेशनल उमन्स लीग प्रतियोगितामा प्रथम भएमा खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।  बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगामी भदौ १६ गतेदेखि हुने राष्ट्रिय लीगमा भाग लिने  महिला फुटबल खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश विजयी भएमा खेलाडीहरूलाई जनही न्यूनतम १ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरे । 

मुख्यमन्त्री कार्कीले खेलाडीहरूलाई हौसला प्रदान गर्नका लागि अन्य थप कार्यक्रम पनि ल्याइने बताए । उनले प्रदेशको खेलकुदलाई बलियो बनाउने गरी नीतिगत र कानुनी व्यवस्था गर्ने तयार भइरहेको जानकारी दिए ।   

मुख्यमन्त्री कार्कीले खेलकुदलाई देखाउन र चिनाउने गरी प्रदेशमा काम गर्ने जानकारी दिँदै खेलकुद परिषद्लाई बलियो बनाउने बताए ।  सबै हिसाबले प्रदेशमा खेलकुदलाई बलियो बनाउने गरी लागेको उनको दाबी छ ।   खेलबाट पनि जीवन चल्ने वातावरण बनाउने गरी काम गर्ने  मुख्यमन्त्री कार्कीको प्रतिबद्धता  छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]