• भदौ १३, २०८१
  • जुनकिरी खबर

कोसी रिफ्रेसमेन्ट सेन्टरको अनुगमन

alt

गति लिन नसकेको कोसी प्रदेश सरकारको गौरवको आयोजना रिफ्रेसमेन्ट सेन्टरको मुख्यमन्त्री हिक्मत कार्कीले अनुगमन गरेका छन् । पटक पटक सरकार परिवर्तन भएपछि कोसी प्रदेशको पहिलो सरकारले गौरवशाली आयोजनाको रूपमा अगाडि बढाएको कोसी रिफ्रेसमेन्ट सेन्टरको काम अहिले अलपत्र बनेको छ ।
 
पाँच बर्सअघि तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले सुनसरीको कोसी गाउँपालिकाको कोसी कटान क्षेत्रमा प्रदेशकै गौरवशाली बहुबर्षिय आयोजनाको रूपमा कोसी रिफ्रेसमेन्ट सेन्टर निर्माणको काम अघि बढाए पनि कामले गति लिन सकेको छैन ।
 
आयोजनाको प्रगति सन्तोषजनक नभएपछि तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका कार्कीले मुख्यमन्त्री बनेपछि आयोजनाको प्रगतिको बारेमा चासो राख्दै बिहीबार अनुगमन गरेका हुन । 
 
तत्कालीन मुख्यमन्त्री राईले आयोजनाको कामका लागि छुट्टै कार्यालय स्थापना गरेर निर्माण कार्य अगाडि बढाएको थियो । त्यसपछि मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले कार्यालय खारेज गरेपछि आयोजनाको काम अलपत्र परेको थियो । राजेन्द्र नेतृत्वको प्रदेश मन्त्रिपरिषद् बैठकले सुनसरीको इनरुवामा रहेको सेन्टरको कार्यालय खारेज गरेर रिफ्रेसमेन्ट सेन्टर निर्माणको काम सहरी विकास कार्यालय मोरङले हेर्ने निर्णय गरेसँगै काम अलपत्र परेको थियो । 
 
 प्रदेश सरकारले प्रभावकारी रूपमा काम अघि नबढाउँदा आयोजनाको कामले अहिलेसम्म पनि गति लिन सकेको छैन । अहिलेसम्म जग्गा खरिदको काम सकेर संरचना निर्माणको कामलाई अगाडि बढाए पनि बजेट अभावले काम हुन नसकेको हो । दुई अर्ब रुपैयाँ अनुमानित लागत रहेको परियोजनाको पहिलो चरणमा २७ करोड पाँच लाख १९ हजार रुपैयाँ बराबरको काम थालिने बताइएको थियो ।
 
तीन वर्ष भित्रमा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको सेन्टरको काम सम्पन्न हुन अझै तीन वर्ष लाग्ने मुख्यमन्त्री कार्कीले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]