• भदौ १४, २०८१
  • जुनकिरी खबर

इटहरीमा उखुको जुसमा अखाद्य वस्तु भेटियो, १४ जना पक्राउ

alt

इटहरी उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा अखाद्य वस्तु भेटिएको छ । अखाद्य वस्तु भेटिएपछि उपमहानगरले १४ जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार इटहरी उपमहानगरपालिकाले बजार अनुगमनको क्रममा उखुको जुसमा अखाद्य वस्तु फेला पारेसँगै १४ जनालाई पक्राउ गरिएको हो ।

उपमहानगरले अनुगमन गर्न थालको सूचना पाएपछि कतिपय व्यापारीहरू भने ठेला छाडेर भागेको इटहरी नगर प्रहरी प्रमुख जेबी राईले बताए । उनका अनुसार छाडेर भागेका ११ वटा ठेला समेत नियन्त्रणमा लिइएको छ ।

इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण शाखाकी खाद्य निरीक्षक अनु अर्यालका अनुसार अनुगमनको क्रममा उखुको जुसमा ‘आखाद्य केमिकल’ हालेर बेचेको पाइएपछि पक्राउ गरिएको हो ।

सम्बन्धित समाचारहरु
सुनसरीमा होलीलाई मर् ...

जिल्ला प्रशासन कार्यालय सुनसरीले फागु पूर्णिमा होलीलाई सुरक्षित र मर्यादित बनाउन आग्रह गरेको छ । बुध ...

कोशी प्रदेशमा ‘फ्यान ...

लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेशमा ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान ...

इटहरीको बक्यौता ३ कर ...

इटहरी उपमहानगरपालिकाले सडक बत्ति बापतको तीन करोड बढि विद्युत महसुल रकम नतिरेको नेपाल विद्युत प्राधिक ...

इटहरी जनता क्याम्पसक ...

इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्वयिवु सभापतिका आकांक्षीको नाम मतदाता नामावलीमा समावेश नभएपछि नि ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]