• भदौ १९, २०८१
  • जुनकिरी खबर

छोरीहरूको हत्या गरी फरार आमा पक्राउ

alt

आफ्नै छोरीहरू १ वर्षीया आइंका कार्की र ३ वर्षीया अर्पना कार्कीको हत्या गरी फरार रहेकी सुन्दरहरैचा नगरपालिका-७ मालति टोलकी २१ वर्षीया आमा अस्मिता पौडेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सुन्दरहरैँचा नगरपालिका-७ स्थित केरा बगानमा सोही नगरपालिका-७ मालति टोल बस्ने धनकुटा पाख्रीबास नगरपालिका-५ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू आईङ्का र अर्पनाको शनिबार दिउँसो शव फेला परेका थियो ।

घटनाका अनुसन्धानको क्रममा अर्जुनकी श्रीमती अस्मितालाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा बिर्तामोड नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ ऐभरेष्ट बैंक अगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा अस्मिताले शुक्रबार साँझ आफ्नै श्रीमान अर्जुन कार्कीसँग निर्माणाधिन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि निजले दुई वटी छोरीहरू साथमा लिई सुन्दरहरैचा नगरपालिका-७ स्थित केरा बगानमा लगि विष सेवन गराई हत्या गरेको खुल्न आएको छ ।

उनीउपर मोरङ जिल्ला अदालतबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]