• भदौ २३, २०८१
  • जुनकिरी खबर

इटहरीमा उपभोक्ता समिति आन्दोलित

alt

इटहरी उपमहानगरपालिकाले उपभोक्ता समिति मार्फत सम्पन्न गरेका योजनाको भुक्तानी नपाएको भन्दै आन्दोलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा इटहरी उपमहानगर पालिकाबाट सञ्चालन भएका योजनाको भुक्तानी नपाएको भन्दै उपभोक्ता समितिले सुरु भएको हो ।

सङ्घर्ष समिति गठन गरेका उपभोक्ता समितिका पदाधिकारीहरूले ७२ घण्टा भित्र भुक्तानी गर्न अल्टिमेटम दिएका छन् । उपमहानगरपालिका गेट अगाडि धर्ना बसेको समितिले ७२ घण्टा भित्र भुक्तानी नभए उपमहानगरको कामकाज ठप्प पार्ने चेतावनी दिएको छ ।

गत आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएका योजनाको १९ करोड ५० लाख बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको विज्ञप्तिमा उल्लेख छ । बजेट अभावमा नगरले भुक्तानी नदिँदा गाउँ टोलमा बस्न नसक्ने अवस्था आएको सङ्घर्ष समितिका संयोजक दीपक श्रेष्ठले जानकारी दिएका छन्  ।

उपभोक्ताहरूले पटक-पटक रकम भुक्तानीका लागी मेयरसँग जिज्ञासा राख्दा बजेट नभएको जानकारी पाएको बताए । अनेक बाहानबाजी गरी भुक्तानी दिन ढिला गरेकाले उपभोक्तहरु आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

उता मेयर हेमकर्ण पौडेलले उपमहानगरपालिका सँग पर्याप्त पैसा भएको तर नेकपा एमालेले कार्यपालिका बैठक बस्न नदिएको कारण भुक्तानी हुन नसकेको बताएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]