• भदौ २३, २०८१
  • जुनकिरी खबर

इटहरीमा उपभोक्ता समिति आन्दोलित

alt

इटहरी उपमहानगरपालिकाले उपभोक्ता समिति मार्फत सम्पन्न गरेका योजनाको भुक्तानी नपाएको भन्दै आन्दोलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा इटहरी उपमहानगर पालिकाबाट सञ्चालन भएका योजनाको भुक्तानी नपाएको भन्दै उपभोक्ता समितिले सुरु भएको हो ।

सङ्घर्ष समिति गठन गरेका उपभोक्ता समितिका पदाधिकारीहरूले ७२ घण्टा भित्र भुक्तानी गर्न अल्टिमेटम दिएका छन् । उपमहानगरपालिका गेट अगाडि धर्ना बसेको समितिले ७२ घण्टा भित्र भुक्तानी नभए उपमहानगरको कामकाज ठप्प पार्ने चेतावनी दिएको छ ।

गत आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएका योजनाको १९ करोड ५० लाख बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको विज्ञप्तिमा उल्लेख छ । बजेट अभावमा नगरले भुक्तानी नदिँदा गाउँ टोलमा बस्न नसक्ने अवस्था आएको सङ्घर्ष समितिका संयोजक दीपक श्रेष्ठले जानकारी दिएका छन्  ।

उपभोक्ताहरूले पटक-पटक रकम भुक्तानीका लागी मेयरसँग जिज्ञासा राख्दा बजेट नभएको जानकारी पाएको बताए । अनेक बाहानबाजी गरी भुक्तानी दिन ढिला गरेकाले उपभोक्तहरु आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

उता मेयर हेमकर्ण पौडेलले उपमहानगरपालिका सँग पर्याप्त पैसा भएको तर नेकपा एमालेले कार्यपालिका बैठक बस्न नदिएको कारण भुक्तानी हुन नसकेको बताएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीबाट २१ सय केजी ...

इटहरी प्रहरीले इटहरी उपमहानगरपालिका २० तरहरा क्षेत्रबाट तरकारी बोकेको ट्रकबाट  ठूलो परिमाण ...

इटहरीबाट अवैध क्रिप् ...

 अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, हुन्डी र अनलाइन गेमिंग खेलाएको आरोपमा प्रह ...

सप्तकोसी नदीमा अस्ता ...

गत बिहीबार सप्तकोसी नदीमा बेपत्ता भएका दुई जना सशस्त्र प्रहरी सुरक्षाकर्मीमध्ये अर्का व्यक्तिको शव प ...

कोशी छनोट प्रतियोगित ...

विराटनगरमा आजदेखि सुरु हुने १५औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रादेशिक छनोट प्रतियोगितामा तीन जिल्लाक ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]