• भदौ २६, २०८१
  • जुनकिरी खबर

इटहरीमा उपभोक्ताको रकम नदिएको भन्दै विरोध प्रदर्शन

alt

इटहरी उपमहानगरपालिका अगाडि उपभोक्ताहरू आन्दोलित बनेका छन् । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा बजेटमा समाजेश भएका नगरस्तरीय योजना सम्झौता भएर काम सम्पन्न भएपनि लामो समयदेखि भुक्तानी नपाएको भन्दै यहाँका उपभोक्ताहरू आन्दोलित बनेका हुन् ।

यसअघि शनिबार पनि आन्दोलिन गरिएको थियो । सो आन्दोलनलाई आज (बुधबार) निरन्तरता दिइएको संघर्ष समितिका संयोजक दीपक श्रेष्ठले बताए ।

अहिले सुरक्षाकर्मी (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी)को घेराबन्दीबीच आन्दोलन जारी छ । इटहरी उपमहानगरअगाडि भइरहेको विरोध कार्यक्रममा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

‘यहाँका आम उपभोक्ताले वडा र नगरमार्फत सम्झौता गरेर काम सम्पन्न गरेका थियौँ, असार मसान्तमै पाउनुपर्ने भुक्तानी हालसम्म पाइएको छैन,’ संघर्ष समितिका संयोजक श्रेष्ठले भने, ‘हामी विभिन्न महिनादेखि यहाँ धाइरहेका छौँ । नगर प्रमुख र जनप्रतिनिधिसँग नजिक भएकाहरूले यसअघि नै भुक्तानी पाएको कुरा पनि आएको छ ।’

उनले भुक्तानी नपाउँदा आजित भएर आन्दोलन गर्न बाध्य भएको बताए । मजदुरी गर्नेहरूले एक छाक टार्नका लागि दैनिक ज्यालादारी गरेको भएपनि उपमहानगरपालिकाले हालसम्म रकम भुक्तानी नगर्दा समस्या भएको उनले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]