• भदौ २६, २०८१
  • जुनकिरी खबर

इटहरीमा उपभोक्ताको रकम नदिएको भन्दै विरोध प्रदर्शन

alt

इटहरी उपमहानगरपालिका अगाडि उपभोक्ताहरू आन्दोलित बनेका छन् । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा बजेटमा समाजेश भएका नगरस्तरीय योजना सम्झौता भएर काम सम्पन्न भएपनि लामो समयदेखि भुक्तानी नपाएको भन्दै यहाँका उपभोक्ताहरू आन्दोलित बनेका हुन् ।

यसअघि शनिबार पनि आन्दोलिन गरिएको थियो । सो आन्दोलनलाई आज (बुधबार) निरन्तरता दिइएको संघर्ष समितिका संयोजक दीपक श्रेष्ठले बताए ।

अहिले सुरक्षाकर्मी (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी)को घेराबन्दीबीच आन्दोलन जारी छ । इटहरी उपमहानगरअगाडि भइरहेको विरोध कार्यक्रममा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

‘यहाँका आम उपभोक्ताले वडा र नगरमार्फत सम्झौता गरेर काम सम्पन्न गरेका थियौँ, असार मसान्तमै पाउनुपर्ने भुक्तानी हालसम्म पाइएको छैन,’ संघर्ष समितिका संयोजक श्रेष्ठले भने, ‘हामी विभिन्न महिनादेखि यहाँ धाइरहेका छौँ । नगर प्रमुख र जनप्रतिनिधिसँग नजिक भएकाहरूले यसअघि नै भुक्तानी पाएको कुरा पनि आएको छ ।’

उनले भुक्तानी नपाउँदा आजित भएर आन्दोलन गर्न बाध्य भएको बताए । मजदुरी गर्नेहरूले एक छाक टार्नका लागि दैनिक ज्यालादारी गरेको भएपनि उपमहानगरपालिकाले हालसम्म रकम भुक्तानी नगर्दा समस्या भएको उनले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीबाट २१ सय केजी ...

इटहरी प्रहरीले इटहरी उपमहानगरपालिका २० तरहरा क्षेत्रबाट तरकारी बोकेको ट्रकबाट  ठूलो परिमाण ...

इटहरीबाट अवैध क्रिप् ...

 अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, हुन्डी र अनलाइन गेमिंग खेलाएको आरोपमा प्रह ...

सप्तकोसी नदीमा अस्ता ...

गत बिहीबार सप्तकोसी नदीमा बेपत्ता भएका दुई जना सशस्त्र प्रहरी सुरक्षाकर्मीमध्ये अर्का व्यक्तिको शव प ...

कोशी छनोट प्रतियोगित ...

विराटनगरमा आजदेखि सुरु हुने १५औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रादेशिक छनोट प्रतियोगितामा तीन जिल्लाक ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]