• भदौ ३१, २०८१
  • जुनकिरी खबर

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

alt

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका  छन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरीएको  थियो । सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा  नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काँग्रेस सहभागी भएको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त  भएका कार्कीले दोश्रो पटक लिन लागेको विश्वासको मत लिँदैछन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक काँग्रेसका २९ सांसद रहेका छन् ।  कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।  गत बैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले पहिलो पटक बैशाख  ३१ गते विश्वासको मत लिनु भएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]