• असोज २, २०८१
  • जुनकिरी खबर

इटहरीमा सञ्चालनमा आयो विद्युतीय बस

alt

इटहरी उपमहानगरपालिकाको बहुचर्चित विद्युतीय बस बुधवारबाट सञ्चालनमा आएको छ ।  गाउँ र बजारलाई जोड्ने उद्देश्य बमोजिम ६ करोड ३६ लाखमा खरिद भएका ४ वटा बस औपचारिक रूपमा गुडाउन थालिएको हो ।

नगर बसको उद्घाटन गर्दै मेयर हेमकर्ण  पौडेलले विभिन्न वडाको भ्रमण गरेका छन् ।  नगर बस वातावरणमैत्री, सुरक्षित, भरपर्दो र उपभोक्तामुखी भएको उनले बताए ।

इटहरीका राजनीतिक दलको तिस वर्ष देखिको योजना र नागरिकको इच्छा आज पुरा गरेको उनको भनाइ छ ।

अपाङ्गमैत्री सेवा उपलब्ध गराइएको बसमा र तत्काललाई २० रुपैयाँ मात्र भाडा दर तोकिएको छ । बस बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुने भएका छन् ।

रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले धरान-विराटनगर सडकमा तरहरादेखि खनारको अरिहन्त उद्योगसम्म बस सञ्चालन हुने बताएका छन् ।

वडा नम्बर ६ का अध्यक्ष समेत रहेका पोखरेलका अनुसार पूर्व–पश्चिम राजमार्गमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक (बिजुली अफिस) सम्म र विराटनगर लाइनको साथी पेट्रोल पम्प हुँदै ११ नम्बर वडाको खेटीपुल र नहरको बाटो हुँदै इटहरी चोक आउने अर्को रुट तय भएको छ ।  इटहरी चोकबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै पुनः मुख्य चोकमा बस आउने भएको छ ।

अर्कातर्फ इटहरी चोकबाट तालतलैया हुँदै त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै राजमार्गबाट मुख्य चोक ल्याउने गरी रुट तय भएको हो ।

त्यसैगरि उपमहानगरपालिकाबाट पश्चिम लाइन लबीपुर हुँदै  १५ नम्बर वडाको चाँदवेला सिमानाबाट १७ नम्बरको पार्टी कार्यालय र कान्छी चोक सम्म बस सञ्चालन हुने भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]