• असोज १३, २०८१
  • जुनकिरी खबर

कोशी ब्यारेजमा आवागमन सूचारु

alt

कोशी नदिमा पानीको बाहाब घट्दै गएपछि ब्यारेजमा सवारी आवागमन सुरुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले पानीको बहाव कम भएकाले कोशी ब्यारेजमा आवागमन सुचारु गरेको जानकारी दिएको छ । 

साँझ ५ बजेबाट आवागमन सुचारु गरेको प्रशासनले जानकारी दिएको छ । कोशीमा पानीको बहाव अत्यधिक भएर खतराको संकेत समेत पार गरेकाले प्रशासनले ब्यारेज क्षेत्रमा अवागमन रोक लगाएको थियो । शनिबार साँझ ४ बजेबाट ब्यारेजमा आवागमनमा रोक लगाइएको थियो । 

निरन्तर पानीको बहाव घट्दै गएपछि आवागमन सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

आइतबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमको अपडेटअनुसार ६ लाख ६१ हजार ५ क्युसेक पानी मापन गरिएको थियो । यो मापन ५६ बर्षयताकै उच्च विन्दुमा पुगेको हो । 

तर माथिल्लो तटीय क्षेत्रमा वर्षा रोकिएकाले कोशीमा पानीको सतह घट्न थालेको हो । क्रमशः बिहान ७ बजे ६ लाख ५५ हजार ५ क्युसेक र ८ बजे ६ लाख ४३ हजार ६७५ क्युसेक रहेको छ । बिहान ९ बजे ६ लाख २८ हजार एक सय क्युसेक पानी रहेको थियो । 

दिउँसो पनि पानी निरन्तर घट्दै गएको थियो । साँझ ४ बजेको मापन अनुसार कोशीमा ३ लाख ५० हजार तीन सय ७० क्युसेक पानी रहेको छ । 

ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् । ब्यारेजमा अहिले पनि खतराको संकेत स्वरुप रातो झण्डा राखिएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]