• असोज १३, २०८१
  • जुनकिरी खबर

कोशी ब्यारेजमा आवागमन सूचारु

alt

कोशी नदिमा पानीको बाहाब घट्दै गएपछि ब्यारेजमा सवारी आवागमन सुरुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले पानीको बहाव कम भएकाले कोशी ब्यारेजमा आवागमन सुचारु गरेको जानकारी दिएको छ । 

साँझ ५ बजेबाट आवागमन सुचारु गरेको प्रशासनले जानकारी दिएको छ । कोशीमा पानीको बहाव अत्यधिक भएर खतराको संकेत समेत पार गरेकाले प्रशासनले ब्यारेज क्षेत्रमा अवागमन रोक लगाएको थियो । शनिबार साँझ ४ बजेबाट ब्यारेजमा आवागमनमा रोक लगाइएको थियो । 

निरन्तर पानीको बहाव घट्दै गएपछि आवागमन सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

आइतबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमको अपडेटअनुसार ६ लाख ६१ हजार ५ क्युसेक पानी मापन गरिएको थियो । यो मापन ५६ बर्षयताकै उच्च विन्दुमा पुगेको हो । 

तर माथिल्लो तटीय क्षेत्रमा वर्षा रोकिएकाले कोशीमा पानीको सतह घट्न थालेको हो । क्रमशः बिहान ७ बजे ६ लाख ५५ हजार ५ क्युसेक र ८ बजे ६ लाख ४३ हजार ६७५ क्युसेक रहेको छ । बिहान ९ बजे ६ लाख २८ हजार एक सय क्युसेक पानी रहेको थियो । 

दिउँसो पनि पानी निरन्तर घट्दै गएको थियो । साँझ ४ बजेको मापन अनुसार कोशीमा ३ लाख ५० हजार तीन सय ७० क्युसेक पानी रहेको छ । 

ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् । ब्यारेजमा अहिले पनि खतराको संकेत स्वरुप रातो झण्डा राखिएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]