• असोज १३, २०८१
  • जुनकिरी खबर

कोशी प्रदेशमा बढी पहिरोमा परी १४ जनाको मृत्यु

alt

कोशी प्रदेशमा असोज ११ देखी १३ गते सम्म भएको अविरल वर्षाबाट गएको पहिरोमा परी सबै भन्दा बढी पाँचथर र सोलुखुम्बुमा ५/५ जनाको मृत्यु भएको छ ।

धनकुटामा २, इलाममा १, उदयपुरमा १ समेत कुल १४ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। मृत्यु भएकाहरूमा १३ जना पहिरोमा पुरिएर मृत्यु भएका छन् भने एक जना खोलाले बगाउँदा मृत्यु भएको जनाइएको छ ।

मृत्यु भएकाहरूमा सोलुखुम्बुको दुधकुण्ड-१० की ३३ वर्षिया कविता मगर, २४ वर्षिया रुपु मगर, वडा २ की २३ वर्षिया ल्हामु शेर्पा, वडा ९ की २३ वर्षिया ल्हामु शेर्पा र २८/२८ वर्षिया रिना तामाङ छन् ।

उदयपुरको रौतामाइ-१ की १५ वर्षिया हिसिला तामाङ, धनकुटा-५ पाख्रिबासकी ३२ वर्षिया आशा तामाङ र ५० वर्षिया रामकुमारी तामाङ छन् ।

पाँचथरको फिदिम-४ की २४ वर्षिया सपना शेर्पा, ६ वर्षकी डोल्मा शेर्पा, वडा १ का ५० वर्षीय गोपी विश्वकर्मा, वडा २ की ३८ वर्षिया रञ्जना राई, वडा ८ का ८२ वर्षीय पाशेम्बा शेर्पा छन् ।

इलामको माई नगरपालिका-८ का ६८ वर्षीय मैतबहादुर लिम्बुको खोलाले बगाउँदा मृत्यु भएको छ ।

प्रभावित परिवार सङ्ख्यामा सबैभन्दा बढी झापामा ३०४ परिवार वर्षा र बाढीबाट प्रभावित भएका छन् । मोरङमा १२०, सुनसरीमा ४९, धनकुटामा २३, उदयपुरमा २१, सोलुखुम्बुमा ८, ओखलढुङ्गामा २, सङ्खुवासभामा ११ घरधुरी प्रभावित भएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा प्रभावित परिवार सङ्ख्या १ हजार ६५०, जोखिममा रहेको घर सङ्ख्या ९९ रहेको जनाइएको छ । बाढी पहिरोमा उद्धार कार्य सञ्चालनका लागि कोशी प्रदेश प्रहरीका कुल जनशक्ति १ हजार ९२ प्रहरी परिचालन गरिएको बताइएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]