• असोज १६, २०८१
  • जुनकिरी खबर

इटहरीको शान्ति सुरक्षा कायम राख्न सुझाव माग

alt

प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको असोज ७ गतेको सरुवा निर्णय अनुसार इलाका प्रहरी कार्यालय इटहरीको १३ औँ नयाँ डिएसपीमा लक्ष्मी भण्डारीले आफ्नो कार्यभार सम्हाली सकेका छन् । असोज १४ गतेबाट भण्डारीले इटहरीमा आफ्नो कार्यभार सम्हालेका हुन । 
 
यस अघि उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत थिए । चाडपर्वको सँघारमा इटहरीको शान्ति सुरक्षा र कानुन कार्यान्वयनको कमान्डर बनेर आएका भण्डारीले दसैँ तिहार लक्षित विशेष सुरक्षा योजना तयार गरिरहेका छन् । यसै क्रममा डिएसपी भण्डारीले इटहरीका सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा राजनीतिक दलहरूसँग परिचयसँगै अन्तकृया गरिरहेका छन् । परिचयसगैको अन्तकृयामा इटहरीको शान्ति सुरक्षाको अवस्था र चुनौतीका विषयमा सबैको राय सुझाव पनि लिइरहेका छन् । 
 
बुधवार भने डिएसपी भण्डारीले इटहरीका सञ्चारकर्मीहरूसँग परिचय र अन्तरक्रिया गरे । प्रहरी कार्यालयमै आयोजित कार्यक्रममा इटहरीको शान्ति सुरक्षा कायम राख्न सञ्चारकर्मीले विभिन्न सुझावहरू दिएका छन् । 
 
सञ्चारकर्मीसँग कुरा गदै डिएसपी भण्डारीले केही दिनभित्रै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्ने जानकारी गराए । डिएसपी भण्डारीले इटहरीको समग्र शान्ति सुरक्षा कायम राख्न नागरिक स्तरबाट पनि सुझाव मागेका छन् । 
 
भण्डारी झापा निवासी हुन । उनी यस अघि इलाका प्रहरी कार्यालय पथरी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरीको रिट इन्र्चाजको रूपमा कार्यरत थिए । उनी २०७५ सालको चर्चित ३३ केजी सुन प्रकरणको अनुसन्धान अधिकृत मध्ये एक थिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]